चितवनमा नक्कली नोटसहित दुई जना पक्राउ
चितवन : नक्कली नोटसहित दुई जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा खैरहनी नगरपालिका स्थायी घर भई भरतपुर महानगरपालिका-३ बस्ने पबिता घतानी र राप्ती नगरपालिका–७ का गगनलाल तामाङ्ग छन्।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार मंगलबार बिहान साढे १० बजे भरतपुर महानगरपालिका–३ बेलचोकमा रहेको फेन्सी पसलमा कपडा खरिद गर्न आएकी पबिताले कपडा खरिद गर्दा दिएको नोट नक्कली भेटिएको थियो।
त्यसलगत्तै प्रहरी टोलीले घतानीलाई पक्राउ गरी उनको साथबाट नक्कली जस्तो देखिने एक हजार दरको नेपाली नोट १० थान फेला परेको प्रहरीले जनाएको छ।
गगनलाई समेत सोही दिन नियन्त्रणमा लिएर उनी बसेको होटलबाट ल्यापटप र मोबाइलसमेत बरामद गरिएको प्रहरीले जनाएको छ। उनको साथबाट गगनलाल तामाङ्ग लेखिएको सौर्य दैनिकको प्रेस कार्ड समेत फेला परेको छ। उनीहरूमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
-
बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै
-
सर्पदंशबाट जोगिन नागरिकलाई प्रहरीको सचेतना
-
बेपत्ताहरूको संख्या यकिन गर्न अझै मुस्किल छ : प्राधिकरण
-
रसुवागढी जलविद्युत् आयोजनाको सुरुङमा मान्छे फसेको भेटिएन, धुन्चे फर्कियो सेनाको टोली
-
जनप्रतिनिधिकाे रास्वपा सदस्यतामाथि प्रश्न ! ‘सक्कली-नक्कली’ विवाददेखि गोपनीयता भंगसम्म
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
भदौ १४, २०८३
१४ भदौ, काठमाडौं । तीन वर्षअघि घरेलु मैदानमा रचेको इतिहास दोहोर्याउँदै पुनः एसिया कपमा पुग्ने लक्ष्यका साथ नेपाली टोली एसीसी…



ghanashyam