डाक्टरकाे प्रवेश परीक्षामा नक्कली परीक्षार्थी पक्राउ, पक्राउ पर्ने तीनै जना भारतीय
काठमाडौं : चिकित्सा शिक्षा आयोगद्वारा संचालित मेडिकल अधिकृतको प्रवेश परीक्षामा नक्कली परीक्षार्थीसहित तीन जना भारतीयलाई प्रहरीले पक्राउ गरेको छ।
शनिबार सञ्चालित परीक्षामा नक्कली परीक्षार्थी, बिचौलियाको रुपमा नक्कली परीक्षार्थीलाई सहयोग गर्ने एवं परीक्षामा अमर्यादित कार्य गर्ने तीन जनालाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरोले पक्राउ गरेको हो।
पक्राउ पर्नेमा नक्कली परीक्षार्थी ३० वर्षीय जितेन्द्रकुमार मिश्रा, बिचौलीयाको भूमिका खेल्ने ३४ वर्षीय शशिभूषण सिंह र अमर्यादित कार्य गर्ने ३२ वर्षीय कृष्ण मुरारी छन्।
मिश्रा र सिंहलाई एलआरआई स्कुल कलंकी तथा मुरारीलाई नेपाली सेना स्वास्थ्य विज्ञान प्रतिष्ठान सानोभर्याङबाट पक्राउ गरिएको व्यूरोले जनाएको छ। पक्राउ परेकाहरूमाथि थप अनुसन्धान भइरहेको व्यूरोका प्रवक्ता श्यामकुमार महतोले जानकारी दिए।
-
बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै
-
सर्पदंशबाट जोगिन नागरिकलाई प्रहरीको सचेतना
-
बेपत्ताहरूको संख्या यकिन गर्न अझै मुस्किल छ : प्राधिकरण
-
रसुवागढी जलविद्युत् आयोजनाको सुरुङमा मान्छे फसेको भेटिएन, धुन्चे फर्कियो सेनाको टोली
-
जनप्रतिनिधिकाे रास्वपा सदस्यतामाथि प्रश्न ! ‘सक्कली-नक्कली’ विवाददेखि गोपनीयता भंगसम्म
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
भदौ १४, २०८३
१४ भदौ, काठमाडौं । तीन वर्षअघि घरेलु मैदानमा रचेको इतिहास दोहोर्याउँदै पुनः एसिया कपमा पुग्ने लक्ष्यका साथ नेपाली टोली एसीसी…



ghanashyam