पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव‚ देशभर वर्षाको सम्भावना
काठमाडौं : पश्चिमी न्यून चापीय प्रणालीका कारण आज देशका विभिन्न स्थानमा वर्षा र उच्च पहाडी तथा हिमाली भेगमा हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
सोमबार बिहान गण्डकी‚ लुम्बिनी‚ कर्णाली र सुदूरपश्चिम प्रदेशमा सामान्यदेखि पूर्णतया बदली रही बाँकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रहेको छ। गण्डकी‚ लुम्बिनी‚ कर्णाली र सुदूरपश्चिम प्रदेशमा केही स्थानमा हल्कादेखि मध्यम वर्षा तथा हिमपात भइरहेको महाशाखाले जनाएको छ।
दिउँसो गण्डकी‚ लुम्बिनी‚ कर्णाली र सुदूरपश्चिम प्रदेशमा प्रदेशमा मौसम बदली रही बाँकी प्रदेशमा सामान्यतया बदलीको सम्भावना रहेको छ। गण्डकी‚ लुम्बिनी‚ कर्णाली र सुदूरपश्चिम प्रदेशमा केही स्थानमा हल्का र बाँकी प्रदेशका थोरै स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। यस्तै‚ उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानमा हल्का हिमपातको हुने महाशाखाले जनाएको छ।
राति पहाडी भू-भागमा मौसम बदली रहने जनाइएको छ। प्रदेश १, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानमा भने हल्का हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
-
बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै
-
सर्पदंशबाट जोगिन नागरिकलाई प्रहरीको सचेतना
-
बेपत्ताहरूको संख्या यकिन गर्न अझै मुस्किल छ : प्राधिकरण
-
रसुवागढी जलविद्युत् आयोजनाको सुरुङमा मान्छे फसेको भेटिएन, धुन्चे फर्कियो सेनाको टोली
-
जनप्रतिनिधिकाे रास्वपा सदस्यतामाथि प्रश्न ! ‘सक्कली-नक्कली’ विवाददेखि गोपनीयता भंगसम्म
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
भदौ १४, २०८३
१४ भदौ, काठमाडौं । तीन वर्षअघि घरेलु मैदानमा रचेको इतिहास दोहोर्याउँदै पुनः एसिया कपमा पुग्ने लक्ष्यका साथ नेपाली टोली एसीसी…



ghanashyam