व्यवसायीलाई प्रधानमन्त्रीकाे आग्रह– ‘मल कारखाना खाेल्नुस्, सरकारले सहयाेग गर्छ’
काठमाण्डाै – प्रधानमन्त्री शेरबहादुर देउवाले मल कारखाना स्थापना गर्न उद्योगी व्यवसायीहरूलाई आग्रह गर्नुभएको छ । अफगानी नागरिकलाई सहयाेग गरेर फर्किएका उद्याेगी, व्यवसायी र सरकारका प्रतिनिधिसँग आज मङ्गलवार बालुवाटारमा भेट गर्दै प्रधानमन्त्री देउवाले नेपालमै मल कारखाना खाेल्न आह्वान गर्नुभएको हो । उहाँले उद्योगी, व्यवसायीहरूले मल कारखाना खाेलेमा सरकार सहयोग गर्न तयार रहेको पनि बताउनुभयो ।
प्रधानमन्त्री देउवाले अफगानिस्तानमा खाद्यान्न सङ्कटको बेला मानवीय सहयोग गर्नु सरकारको दायित्व भएको भन्दै अफगानी नागरिकलाई सहयोग गरेकोमा उनीहरूलाई सरकारको तर्फबाट धन्यवाद ज्ञापन गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘अफगानिस्तानमा अत्यन्तै खाद्य सङ्कट छ । यूएन समेतले अफगानीहरू भोकै मर्न थाले, मानवीय सहायता सहयोग चाहियो भनेर सहयोग माग्दा नेपालका उद्योगपतिले मानवीय सङ्कटमा खाद्यान्न पुर्याउन मद्दत गर्नुभयो, सबैलाई हार्दिक धन्यवाद ।
प्रधानमन्त्री देउवाले अहिले देश कोरोना भाइरसबाट आक्रान्त बनेको भन्दै सबैले स्वास्थ्यका मापदण्ड पूर्ण पालना गरेर कोरोनालाई परास्त गर्नुपर्ने बताउनुभयो । उहाँले कोरोनाविरुद्धको खोप सरकारको पहिलो प्राथमिकता भएकाले सबैले लगाएर कोरोनाबाट सुरक्षित हुन पनि आग्रह गर्नुभयो ।
-
बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै
-
सर्पदंशबाट जोगिन नागरिकलाई प्रहरीको सचेतना
-
बेपत्ताहरूको संख्या यकिन गर्न अझै मुस्किल छ : प्राधिकरण
-
रसुवागढी जलविद्युत् आयोजनाको सुरुङमा मान्छे फसेको भेटिएन, धुन्चे फर्कियो सेनाको टोली
-
जनप्रतिनिधिकाे रास्वपा सदस्यतामाथि प्रश्न ! ‘सक्कली-नक्कली’ विवाददेखि गोपनीयता भंगसम्म
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
भदौ १४, २०८३
१४ भदौ, काठमाडौं । तीन वर्षअघि घरेलु मैदानमा रचेको इतिहास दोहोर्याउँदै पुनः एसिया कपमा पुग्ने लक्ष्यका साथ नेपाली टोली एसीसी…



ghanashyam