इन्डोनेसियाको क्लबमा झडप र आगलागीमा १९ को मृत्यु
जकार्ता: इन्डोनेसियाको पपुवा प्रान्तको सोरोङस्थित डबल ओ नाइट क्लबमा दुई समूहबीच झगडा भएपछि आगलागी हुँदा १९ जनाको मृत्यु भएको छ।
पपुवा प्रहरीका प्रवक्ता आदम एरविन्डीले ज्यान गुमाउनेमा सोमबार क्लबमा झगडा गर्ने एकजना भएको मेट्रो टिभीलाई बताए। बाँकी १८ जनाको मृत्यु आगलागीमा परी भएको बताइएको छ।
झगडा हुनुको कारणका साथै आगो लगाइएको थियो वा दुर्घटनावश लागेको थियो भन्ने विषयमा प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ।
पुलिस अधिकारीहरूले स्थिति स्पष्ट गर्न दुबै समूहका प्रमुख व्यक्तिहरूलाई पनि सोधपुछ गरिरहेको एरविन्डीले जानकारी दिए।
-एजेन्सीको सहयोगमा
-
बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै
-
सर्पदंशबाट जोगिन नागरिकलाई प्रहरीको सचेतना
-
बेपत्ताहरूको संख्या यकिन गर्न अझै मुस्किल छ : प्राधिकरण
-
रसुवागढी जलविद्युत् आयोजनाको सुरुङमा मान्छे फसेको भेटिएन, धुन्चे फर्कियो सेनाको टोली
-
जनप्रतिनिधिकाे रास्वपा सदस्यतामाथि प्रश्न ! ‘सक्कली-नक्कली’ विवाददेखि गोपनीयता भंगसम्म
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
भदौ १४, २०८३
१४ भदौ, काठमाडौं । तीन वर्षअघि घरेलु मैदानमा रचेको इतिहास दोहोर्याउँदै पुनः एसिया कपमा पुग्ने लक्ष्यका साथ नेपाली टोली एसीसी…



ghanashyam