औषधि व्यवस्था विभागका पूर्वमहानिर्देशक ढकाललाई मन्त्रालय तानियाे
काठमाडौं : औषधि व्यवस्था विभागका पूर्वमहानिर्देशक नारायण ढकाललाई मन्त्रालय तानिएको छ। सरुवा भएको दुई सातासम्म पनि औषधि प्रयोगशालामा नगएका ढकाललाई अन्ततः मन्त्रालय तानिएको हो। स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाले महानिर्देशक ढकाललाई गत पुस २७ गते विभाग मातहतको औषधि प्रयोगशालामा सरुवा गरेका थिए।
स्वास्थ्यमन्त्री खतिवडाले औषधि प्रयोगशालाका निर्देशक भरत भट्टराईलाई औषधि व्यवस्था विभागको महानिर्देशकको जिम्मेवारी दिएका थिए। दुवै ११ औं तहका कर्मचारी हुन्।
ढकालले आफूभन्दा जुनिएरलाई विभागको महानिर्देशक बनाएपछि सोही मातहतको कार्यालयमा आफू नजाने भन्दै औषधि व्यवस्था विभागमै हाजिर गर्दै आएका थिए।
दुई सातासम्म पनि भनेको ठाउँमा जान नमानेपछि उनलाई मन्त्रालय तानिएको स्वास्थ्यमन्त्रीका विज्ञ सल्लाहाकार डा. रमेश ढकालले जनाकारी दिए।
‘उहाँलाई मन्त्रालय तानिएको छ, आजै पत्र पठाइएको छ तर मन्त्रालयमा कुन विभाग दिने भन्ने निर्णय भएको छैन’ ढकालले भने। पाँच महिना अघि विभागबाट राष्ट्रिय औषधि प्रयोगशालाको निर्देशक बनाइएका भट्टराई पुनः विभागमा फिर्ता भएका छन्।
-
बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै
-
सर्पदंशबाट जोगिन नागरिकलाई प्रहरीको सचेतना
-
बेपत्ताहरूको संख्या यकिन गर्न अझै मुस्किल छ : प्राधिकरण
-
रसुवागढी जलविद्युत् आयोजनाको सुरुङमा मान्छे फसेको भेटिएन, धुन्चे फर्कियो सेनाको टोली
-
जनप्रतिनिधिकाे रास्वपा सदस्यतामाथि प्रश्न ! ‘सक्कली-नक्कली’ विवाददेखि गोपनीयता भंगसम्म
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
भदौ १४, २०८३
१४ भदौ, काठमाडौं । तीन वर्षअघि घरेलु मैदानमा रचेको इतिहास दोहोर्याउँदै पुनः एसिया कपमा पुग्ने लक्ष्यका साथ नेपाली टोली एसीसी…



ghanashyam