नगरको प्रकोप व्यवस्थापन कोषमा सहकारीको ५० हजार रुपैयाँ सहयोग
माधव बेल्वासे
चन्द्रौटा,१९ चैत
कपिलवस्तुको शिवराज नगरपालिकाले स्थापना गरेको स्थानिय तह प्रकोप व्यवस्थापन कोषमा अरनिको बचत तथा ऋण सहकारी संस्थाले ५० हजार रुपैयाँ सहयोग गर्ने भएको छ । बुधवार बसेको विपत व्यवस्थापन समितिको बैठकले वैंकमा ‘स्थानिय तह प्रकोप व्यवस्थापन कोष’ नामको खाता संचालनमा ल्याउने निर्णय गरेको हो । नगरको निर्णय लगतै सहकारीको बैठक बसी उक्त रकम सहयोग गर्ने निर्णय भएको सहकारीका अध्यक्ष नारायण भाटले बताउनुभयो । सहयोग रकम विहिवार उक्त खातामा जम्मा गर्ने तयारी भएको भाटले बताउनुभयो ।
कोरोना भाइरस प्रकोपको रुपमा निम्तिएको भन्दै यसलाई स्थानिय सरकारले मात्र नियन्त्रणमा ल्याउन नसक्ने भएकोले नगरले कोष स्थापना गरेको नगरप्रमुख नेत्रराज अधिकारीले बताउनुभयो । नगरले विपत व्यवस्थापनको लागि १० लाख रुपैयाँ बजेट राखेको भएपनि यस वर्ष यस उक्त रकमले अपुग हुने अधिकारीको भनाई छ । अन्य शिर्षकको वजेटलाई स्थानातरण गर्ने तयारी भएको प्रमुख प्रशासकिय अधिकृत शेषकान्त पौडेलले बताउनुभयो । “नगरपालिकाले केहि रकम उक्त कोषमा जम्मा गर्ने छ, पौडेलले भन्नुभयो “यो विपतको बेला सवैको सहयोग आवश्यक छ,कोषमा सक्दो सहयोग गर्नुहोस, ।” कोषको खाता नम्वर विहिवार सार्वजनिक गरिने उहाँले बताउनुभयो । कोषमा रहने रहने रकमले अतिविपन्न परिवारको पहिचान गरि राहत वितराण,क्वारेन्टाइन संचालन,विरामीहरुको हेरचाँह लगाएतका कामहरु गरिने नगरको योजना छ ।
शिवराज नगरपालिकाले नगरभित्र रहेका अतिगरिव विपन्न परिवारको लगत संकलन गरिरहेको नगरप्रमुअ अधिकारीले बताउनुभयो । दैनिकि मजुदूरीमा काम गर्ने नागरिकहरुलाई लक्षित गरि राहतको प्याकेज बनाउने तयारीमा रहेको उहाँ बताउनुभयो । त्यस्तै उक्त कोषमा उज्यालो बचत तथा ऋण सहकारीले रु १५ हजार,दिपाली निर्माण सेवाले रु ११ हजार,व्यापारी नारायण भाट द्धारा रु १० हजार सहयोग गर्ने जनाएका छन् । शिवराज नगरपालिकामा रहेको क्वारेन्टाइनमा बसेका नागरिकहरुलाई ग्यालेक्सी वाटर सप्लायर्सले निशुल्क खानेपानीको व्यावस्था गर्ने भएको छ । सप्लार्यसका संचालक विष्णु हमालले क्वारेन्टाइनमा बसेका नागरिकहरुलाई शुद्ध पानीको अभाव हुन नदिने प्रतिवद्धता जनाउनुभयो ।
-
बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै
-
सर्पदंशबाट जोगिन नागरिकलाई प्रहरीको सचेतना
-
बेपत्ताहरूको संख्या यकिन गर्न अझै मुस्किल छ : प्राधिकरण
-
रसुवागढी जलविद्युत् आयोजनाको सुरुङमा मान्छे फसेको भेटिएन, धुन्चे फर्कियो सेनाको टोली
-
जनप्रतिनिधिकाे रास्वपा सदस्यतामाथि प्रश्न ! ‘सक्कली-नक्कली’ विवाददेखि गोपनीयता भंगसम्म
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
भदौ १४, २०८३
१४ भदौ, काठमाडौं । तीन वर्षअघि घरेलु मैदानमा रचेको इतिहास दोहोर्याउँदै पुनः एसिया कपमा पुग्ने लक्ष्यका साथ नेपाली टोली एसीसी…


