वाग्मती प्रदेशमा गठबन्धनका उम्मेदवार विजयी
मकवानपुर – वाग्मती प्रदेशको राष्ट्रिय सभा सदस्य चुनावमा सत्तारुढ गठबन्धनका उम्मेदवार विजयी भएका छन् । वाग्मतीकाे रिक्त दुई पदमा अन्य दलका उम्मेदवारलाई हराउँदै सत्ता गठबन्धनबाट संयुक्त उम्मेदवार बनेका (महिला) मा गोमादेवी तिमल्सिना र (अन्य) मा कृष्णप्रसाद पौडेल विजयी भएका हुन् । तिमल्सिना नेकपा एकीकृत समाजवादी र पौडेल नेपाली कांग्रेसमा आबद्ध छन् ।
तिमल्सिना र पौडेल क्रमशः ४ सय ६३ र ४ सय ५० मतभारले विजयी भएका हुन् । महिला सदस्यमा तिमल्सिनाले ४ हजार ८ सय २४ मतभार प्राप्त गर्दा उहाँकी निकटतम प्रतिस्पर्धी नेकपा एमालेकी निरुकुमारी कुँवरले ४ हजार ३ सय ६२ मतभार र नेमकिपाकी गीता काफ्लले १ सय ३२ मतभार प्राप्त गरेको निर्वाचन कार्यालयले जनाएको छ ।
त्यसैगरी अन्य सदस्य पदमा गठबन्धनका कृष्णप्रसाद पौडेलले ४ हजार ७ सय ९४ मतभार प्राप्त गर्दा उहाँका निकटतम प्रतिस्पर्धी एमालेका गोपाल शाक्यले ४ हजार ३ सय ४४ मतभार प्राप्त गर्नुभएकाे छ । त्यस्तै नेमकिपाका उम्मेदवार कृष्णबहादुर तामाङले १ सय ३२ मतभार प्राप्त गर्नुभएकाे छ ।
प्रदेश सभाका कुल १ सय ९ जनामध्ये १ सय ६ जनामात्रै मतदान प्रक्रियामा सहभागी भएका थिए । चुनावमा वाग्मती प्रदेशका १ सय ९ सांसद र स्थानीय तहका १ सय १९ प्रमुख र उपप्रमुख मतदाता रहेका थिए ।
-
बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै
-
सर्पदंशबाट जोगिन नागरिकलाई प्रहरीको सचेतना
-
बेपत्ताहरूको संख्या यकिन गर्न अझै मुस्किल छ : प्राधिकरण
-
रसुवागढी जलविद्युत् आयोजनाको सुरुङमा मान्छे फसेको भेटिएन, धुन्चे फर्कियो सेनाको टोली
-
जनप्रतिनिधिकाे रास्वपा सदस्यतामाथि प्रश्न ! ‘सक्कली-नक्कली’ विवाददेखि गोपनीयता भंगसम्म
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
भदौ १४, २०८३
१४ भदौ, काठमाडौं । तीन वर्षअघि घरेलु मैदानमा रचेको इतिहास दोहोर्याउँदै पुनः एसिया कपमा पुग्ने लक्ष्यका साथ नेपाली टोली एसीसी…



ghanashyam