अमेरिकी सर्वोच्च अदालतले पहिलो अश्वेत महिला न्यायाधीश पाउने : बाइडेन
वासिङटन : अमेरिकाको सर्वोच्च अदालतमा पहिलोपटक अश्वेत महिला न्यायाधीश बन्ने भएकी छन्। अमेरिकी राष्ट्रपति जो बाइडेनले फेब्रुअरीको अन्त्यसम्म अमेरिकी सर्वोच्च अदालतमा पहिलो अश्वेत महिला न्यायाधीश नियुक्त गर्ने बिहीबार बताएका हुन्।
ह्वाइट हाउसमा आयोजित एक कार्यक्रममा बाइडेनले यस्तो घोषणा गरेका हुन्। बाइडेनले सेवानिवृत्त हुन लागेका ८३ वर्षीय न्यायाधीश स्टिफन ब्रेयरको प्रशंसा गरे र उनका ठाउँमा नयाँ न्यायाधीशको खोजी सुरु गरिएको खुलासा गरे।
बाइडेनले ब्रेयरका स्थानमा योग्य व्यक्तिलाई न्यायाधीशको रूपमा नियुक्त गर्ने वाचा पनि गरे। ब्रेयर आगामी जुनमा सेवा निवृत्त हुँदै छन्।
उनले सम्भावित उम्मेदवारबारे अध्ययन भइरहेको पनि बताए।
‘मैले निर्णय गरेको छु कि मैले नियुक्त गर्ने व्यक्ति असाधारण क्षमता भएका, चरित्रवान् र इमान्दार हुनेछन् र ती व्यक्ति संयुक्त राज्यको सर्वोच्च अदालतमा नियुक्त हुने पहिलो अश्वेत महिला हुनेछन्’, बाइडेनले भने।
सर्वोच्च अदालत अमेरिकाको निकै महत्वपूर्ण न्याय केन्द्र मानिन्छ। अत्यधिक विवादास्पद कानुन, राज्य तथा संघीय सरकारबीचको विवाद, मृत्युदण्डविरुद्धको याचनालगायतका मुद्दामा सर्वोच्च अदालतको भूमिका महत्त्वपूर्ण हुने गर्दछ।
राष्ट्रपतिको सिफारिसमा सिनेटबाट अनुमोदित भएपछि सर्वोच्चका न्यायाधीशलाई जीवनभरको नियुक्ति प्राप्त हुन्छ। अमेरिकी सर्वोच्च न्यायालयको इतिहासमा हालसम्म दुई अश्वेत न्यायाधीशले मात्र सेवा गर्ने अवसर पाएका छन्।
सन् १९६७ देखि १९९१ सम्म न्यायाधीश थर्गुड मार्शल र उनको उत्तराधिकारीका रूपमा नियुक्त क्लेरेन्स थोमस अफ्रिकी–अमेरिकी न्यायाधीशका रूपमा इतिहास बनाउन सफल भएका थिए।
-
बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै
-
सर्पदंशबाट जोगिन नागरिकलाई प्रहरीको सचेतना
-
बेपत्ताहरूको संख्या यकिन गर्न अझै मुस्किल छ : प्राधिकरण
-
रसुवागढी जलविद्युत् आयोजनाको सुरुङमा मान्छे फसेको भेटिएन, धुन्चे फर्कियो सेनाको टोली
-
जनप्रतिनिधिकाे रास्वपा सदस्यतामाथि प्रश्न ! ‘सक्कली-नक्कली’ विवाददेखि गोपनीयता भंगसम्म
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
भदौ १४, २०८३
१४ भदौ, काठमाडौं । तीन वर्षअघि घरेलु मैदानमा रचेको इतिहास दोहोर्याउँदै पुनः एसिया कपमा पुग्ने लक्ष्यका साथ नेपाली टोली एसीसी…



ghanashyam