एमाले कपिलवस्तुले बनायो प्रदेश अधिवेशनको लागि प्रतिनिधी छान्ने कार्यविधी
कपिलवस्तु : नेकपा एमाले कपिलवस्तुले माघ २८ मा हुने लुम्विनी प्रदेश अधिबेशनका लागी प्रतिनिधी छनौटको कार्यविधी बनाएको छ । जस अनुसार माघ १७ मा हुने प्रदेश अधिबेशनको प्रतिनिधी चयन हुन चाहानेले माघ १६ गते नै तोकिएको निर्वाचन क्षेत्रमा उपस्थित भएर उम्मेदवारी दिनु पर्ने भएको छ । जसकालागि प्रदेश निर्वाचन क्षेत्रलाई आधार मानेर २ सय संगठित सदस्य वरावर एक जना प्रतिनिधी छानिने छन् ।
नेकपा एमालेका जिल्ला अध्यक्ष डम्मर प्रसाद शर्माले दिनु भएको विवरण अनुसार प्रदेश निर्वाचन क्षेत्र नं १ को १मा शिद्धार्थ क्याम्पस बुङची, १ को २मा वर्राेहिया, निर्वाचन क्षेत्र २ को १मा गौतम बुद्ध मावि गोरुसिंगे र २ को २ मा तौलिहवा एमाले पार्टी कार्यलयमा प्रतिनिधी चयन गरिने छ ।
त्यसैगरी क्षेत्र नं ३को १मा चन्द्रौटा र ३ को २को गणेशपुरमा प्रतिनिधी छानिने छ । एमालेका केन्द्रिय सदस्य एवम कपिलवस्तुका इन्चार्ज बलराम अधिकारीका अनुसार प्रदेश प्रतिनीधि चयन हुन चाहानेले १६ गते नै तोकिएका केन्द्रमा गएर उम्मेदवार दिएपछि सकभर सहमतिवाट नभए चुनाववाट १७ गते प्रतिनिधी छनौट हुने छ। कपिलवस्तुमा ८ हजार ५सय बढी संगठित पार्टी सदस्य रहेको एमालेमा २ सय सदस्य वराबर एक प्रतिनिधी छानेर प्रदेश अधिबेशनकालागि पठाउने तयारी भएको हो ।
-
जनप्रतिनिधिकाे रास्वपा सदस्यतामाथि प्रश्न ! ‘सक्कली-नक्कली’ विवाददेखि गोपनीयता भंगसम्म
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
-
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
-
रसुवा बाढी : सेनाद्वारा ४०९ जनाको हवाई उद्धार, त्रिशूली–३ को टनेलमा उद्धार कार्य जारी
खरेन्द्रपुरमा रक्तदान, १ सय ४५ पिन्ट रगत संकलन
भदौ १४, २०८३
कपिलवस्तु, १४ भदौ । राष्ट्रिय विपत्तिको अवस्थामा हुन सक्ने सम्भावित रगत अभावलाई मध्यनजर गर्दै कपिलवस्तुको शिवराज नगरपालिका-३, खरेन्द्रपुरमा आयोजित एकदिवसीय…



ghanashyam