५ हजार २ सय ९२ जनामा काेराेना पुष्टि, ८ हजार १ सय ९१ जना निको
काठमाण्डाै – लगातार तेस्रो दिन आज साेमवार पनि कोरोनाका थपिने सङ्क्रमितको भन्दा निको हुनेको सङ्ख्या धेरै भएको छ । पछिल्लो २४ घण्टामा आठ हजार एक सय ९१ जना निको भएका छन् भने पाँच हजार दुई सय ९२ जना सङ्क्रमित थपिएका छन् । निको भएका थप आठ हजार एक सय ९१ जनासहित नेपालमा कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या आठ लाख ६२ हजार आठ सय ९८ पुगेको छ ।
अहिले नेपालमा ७९ हजार दुई सय ७२ जना काेराेनाका सक्रिय सङ्क्रमित रहेका छन् । यस्तै एन्टिजेन र पीसीआर गरी १६ हजार ८८ जनाको नमुना परीक्षण गर्दा पाँच हजार दुई सय ९२ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । यो सङ्ख्यामा एसएमएस र इमेलबाट प्राप्त भएको आरडीटी र एन्टिजेनको विवरण पनि समावेश भएको मन्त्रालयको भनाइ छ ।
यस्तै कोरोना सङ्क्रमणका कारण २४ घण्टामा आठ जनाको ज्यान गएको छ । थपिएका आठ जनासँगै नेपालमा काेराेनाबाट ज्यान गुमाउनेको सङ्ख्या ११ हजार सात सय ४३ पुगेको छ ।
यस्तै थप तीन लाख ६६ हजार ६ सय तीन जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् । नेपालमा अहिलेसम्म एक करोड ६६ लाख ७० हजार सात जनाले कम्तीमा एक मात्रा, एक करोड ४२ लाख चार हजार दुई सय ७० जनाले दुई मात्रा र तीन लाख ६९ हजार दुई सय २६ जनाले ‘बुस्टर’ मात्रा खोप लगाएका मन्त्रालयले जनाएको छ ।
-
बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै
-
सर्पदंशबाट जोगिन नागरिकलाई प्रहरीको सचेतना
-
बेपत्ताहरूको संख्या यकिन गर्न अझै मुस्किल छ : प्राधिकरण
-
रसुवागढी जलविद्युत् आयोजनाको सुरुङमा मान्छे फसेको भेटिएन, धुन्चे फर्कियो सेनाको टोली
-
जनप्रतिनिधिकाे रास्वपा सदस्यतामाथि प्रश्न ! ‘सक्कली-नक्कली’ विवाददेखि गोपनीयता भंगसम्म
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
भदौ १४, २०८३
१४ भदौ, काठमाडौं । तीन वर्षअघि घरेलु मैदानमा रचेको इतिहास दोहोर्याउँदै पुनः एसिया कपमा पुग्ने लक्ष्यका साथ नेपाली टोली एसीसी…



ghanashyam