काठ तस्करलाई नियन्त्रणमा लिन खोज्दाँ २ राउण्ड गोली प्रहार, काठ तस्कर फरार, ६ मोटरसाइकल बरामद
कपिलवस्तु । कपिलवस्तुको बाणगंगा नगरपालिका क्षेत्रबाट काठ बोक्दै गरेको ६ थान मोटर साइकल पक्राउ गरेको छ । मायादेवी साझेदारी वनको कोठी खोला नजिक ४ थान सालका गोलिया सहित पक्राउ गरेको सव डिभिजन वन कार्यालय पिपराका सहायक वन अधिकृत शिव खत्रीले बताउनु भयो ।
रातको २ बजे गस्ती टोलीले क्रममा काठ लोड गरी लैजान लागेको अवस्थामा फेला पारेको थियो । गस्ती टोलीले पक्राउ गर्न खोज्दा काठ तस्करहरुले गस्ती टोली माथि आक्रमण गर्न लागेका थिए ।
आक्रमणको प्रयास भए पछि सशस्त्र वन रक्षकले २ राउण्ड हवाई फायर गरेका थिए । हवाई फायर भए पछि काठ तस्कर भागेका थिए ।
वन कार्यालयले घटना स्थल देखी ४२.०३ घन फिट गोलिया र तस्करीमा प्रयोग भएका लु २१ प ३०९९, लु ३७ प ५६८७, लु २९ प ४३६९, लु ४३ प ४७८५, लु ३६ प ७८७९ र लु ३० प ३६२५ नम्बरको मोटरसाइकल बरामद गरेको छ । पिपरा देखी सालझण्डी बिचको वन क्षेत्रबाट तस्करी गरेको काठ भित्री मार्ग हुँदै रुपन्देही सम्म पुग्ने गरेका छन् ।
-
बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै
-
सर्पदंशबाट जोगिन नागरिकलाई प्रहरीको सचेतना
-
बेपत्ताहरूको संख्या यकिन गर्न अझै मुस्किल छ : प्राधिकरण
-
रसुवागढी जलविद्युत् आयोजनाको सुरुङमा मान्छे फसेको भेटिएन, धुन्चे फर्कियो सेनाको टोली
-
जनप्रतिनिधिकाे रास्वपा सदस्यतामाथि प्रश्न ! ‘सक्कली-नक्कली’ विवाददेखि गोपनीयता भंगसम्म
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
भदौ १४, २०८३
१४ भदौ, काठमाडौं । तीन वर्षअघि घरेलु मैदानमा रचेको इतिहास दोहोर्याउँदै पुनः एसिया कपमा पुग्ने लक्ष्यका साथ नेपाली टोली एसीसी…



ghanashyam