राष्ट्रिय मदरसा संघले गर्‍याे प्रदेश सरकारले उपलब्ध गराएको बजेटको प्रसंशा


शहबाज खान, कपिलवस्तु ।
लुम्बिनी प्रदेश सरकारले आ.व.०७८/७९ को वार्षिक कार्यक्रम अन्तर्गत लुम्बिनी प्रदेश सरकारले प्रदेशभित्र रहेका अल्पसंख्यक मुस्लिम सामुदायिक विद्यालय (मदरसा) लाई छनोट गरी मापदण्ड पु¥याएर निष्पक्ष र समावेशी रुपमा छनोट गरि कक्षा कोठा निर्माणको लागि उपलब्ध गराएको बजेटको राष्ट्रिय मदरसा संघ नेपालले प्रशंसा गरेको छ । राष्ट्रिय मदरसा संघ नेपालका पदाधिकारीहरुले एक प्रेस विज्ञप्ती जारी गर्दै नेपालमा बसोवास गर्ने अल्पसंख्यक मुस्लिम समुदाय हरेक दृष्टिकोणले पछाडी परेको जनाएको छ ।


मुस्लिम समुदायको शैक्षिक अवस्था अत्यन्त नाजुक रहेको भनि जारी विज्ञप्तीमा उल्लेख गरिएको छ । अधिकांश मदरसाहरु चन्दा, दान र सहयोगबाट संचालित रहेको भन्दै नेपाल सरकारको ध्यान नगएको दाबीसमेत गरेको छ । यसै अवस्थालाई मध्येनजर गरि लुम्बिनी प्रदेश सरकारले सामुदायिक विद्यालयलाई कक्षा कोठा निर्माणको लागि अनुदान रकम उपलबध गराएको राष्ट्रिय मदरसा संघले विज्ञप्तीमार्फत जनाएको छ ।


“यसरी मदरसा सञ्चालकलाई केही राहत र हौसला प्रदान भएको र यस्ता कार्यक्रमले हरेक वर्ष आउने अपेक्षा गर्दछाँै” विज्ञप्तीमा भनिएको छ । तसर्थ शैक्षिक क्षेत्रमा लोकप्रिय कार्यक्रम ल्याउने लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री, शिक्षा, विज्ञान, युवा तथा खेलकुद मन्त्रीप्रति विशेष आभार प्रकट गरेको छ ।


यसै गरि केन्द्र सरकारले पनि समावेशी रुपमा शिक्षा क्षेत्रमा बजेट विनियोजन गरोस् भन्ने कामनासहित प्रेस विज्ञप्ति प्रकाशित गरिएको राष्ट्रिय मदरसा संघले जनाएको छ । राष्ट्रिय मदरसा संघ नेपालका अध्यक्ष डा. अब्दुल गनी अल्कुफी लगायत पदाधिकारी र नेकपा (एस)का नगर कमिटी पदाधिकारी संयुक्तमा हस्ताक्षरमा विज्ञप्ती जारी गरिएको हो ।

खरेन्द्रपुरमा रक्तदान, १ सय ४५ पिन्ट रगत संकलन
भदौ १४, २०८३

कपिलवस्तु, १४ भदौ । राष्ट्रिय विपत्तिको अवस्थामा हुन सक्ने सम्भावित रगत अभावलाई मध्यनजर गर्दै कपिलवस्तुको शिवराज नगरपालिका-३, खरेन्द्रपुरमा आयोजित एकदिवसीय…

TOP