पूर्व-पश्चिम राजमार्गमा जनमत पार्टीको प्रदर्शन : सिरहाबाट २६ कार्यकर्ता पक्राउ
काठमाण्डाै – प्रदर्शनका क्रममा गाडीमा तोडफोड गरेको आरोपमा सिरहाबाट जनमत पार्टीका २६ जना कार्यकर्ता पक्राउ परेका छन् । उनीहरु विभिन्न ठाउँबाट पक्राउ परेका हुन् ।
पूर्व-पश्चिम राजमार्गको मिर्चैया, गोलबजार, चोहर्वा, धनगढी, लहानलगायत ठाउँमा ढुङ्गामुढा गरी तोडफोड गर्ने र यातायात बन्द गराउँदै हिँडेका जनमत पार्टीका २६ कार्यकर्तालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता प्रहरी नायब उपरीक्षक सुभाष बुढाथोकीले जानकारी दिनुभयो।
सिरहाको नरहा गाउँपालिका–३ नयाँ चोहर्वामा ना ४ ख १७९८ नम्बरको ट्याङ्करमा ढुङ्गामुढा गरी तोडफोड गर्ने क्रममा १३ जना र बाँकीलाई अन्य ठाउँबाट पक्राउ गरिएकाे उहाँले बताउनुभयो।
जनमत पार्टीले किसानका माग सम्बोधन नभएको भन्दै पूर्व-पश्चिम राजमार्गमा प्रदर्शन गर्दै आएको छ ।
-
जनप्रतिनिधिकाे रास्वपा सदस्यतामाथि प्रश्न ! ‘सक्कली-नक्कली’ विवाददेखि गोपनीयता भंगसम्म
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
-
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
-
रसुवा बाढी : सेनाद्वारा ४०९ जनाको हवाई उद्धार, त्रिशूली–३ को टनेलमा उद्धार कार्य जारी
खरेन्द्रपुरमा रक्तदान, १ सय ४५ पिन्ट रगत संकलन
भदौ १४, २०८३
कपिलवस्तु, १४ भदौ । राष्ट्रिय विपत्तिको अवस्थामा हुन सक्ने सम्भावित रगत अभावलाई मध्यनजर गर्दै कपिलवस्तुको शिवराज नगरपालिका-३, खरेन्द्रपुरमा आयोजित एकदिवसीय…



ghanashyam