इंग्लिस प्रिमियर लिगमा न्युक्यासल र वेस्टह्याम विजयी : बर्नली र युनाइटेडको बराबरी
इंग्लिस प्रिमियर लिग फुटबलमा न्युक्यासल र वेस्टह्याम विजयी भएका छन् । बर्नली र म्यानचेस्टर युनाइटेडले बराबरी खेलेका छन् ।
गएराति भएका खेलमा न्युक्यासलले एभर्टनलाई ३–१ गोलले हरायो । जितपछि न्युक्यासलको २२ खेलमा १८ अंक भएको छ । न्युक्यासल १७ औ स्थानमा छ । एक खेल कम खेलेको एभर्टन १९ अंकका साथ १६ औँ स्थानमा छ । अर्को खेलमा वेस्ट ह्यामले वार्टफोडलाई १–० गोलले पराजित गरेको छ । जितपछि वेस्टह्याम अंकतालिकाको चौथो स्थानमा उक्लिएको छ । उसको २४ खेलमा ४० अंक छ ।
त्यस्तै बर्नलीसँगको खेलमा युनाइटेडले अग्रता जोगाउन सकेन । खेलको १८ औं मिनेटमा नै म्यानचेस्टर युनाइटेडले पाउल पोग्बाको गोलबाट अग्रता लिएको थियो । खेलको ४७ औं मिनेटमा बर्नलीका जे–रोड्रिगेजले गोल गरी खेल बराबरीमा ल्याए । बराबरीपछि दुवै टोलीले अंक बाँडेका छन् ।
बर्नलीसँग बराबरी खेलेको युनाइटेड पाँचौ स्थानमा छ । उसको २३ खेलमा ३९ अंक छ । २० खेलमा १४ अंक मात्रै जोडेको वर्नली अंकतालिकाको पुछारमा छ । २३ खेलमा ५७ अंकका साथ म्यानचेस्टर सिटी प्रिमियर लिगको शीर्षस्थानमा कायमै छ ।
-
बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै
-
सर्पदंशबाट जोगिन नागरिकलाई प्रहरीको सचेतना
-
बेपत्ताहरूको संख्या यकिन गर्न अझै मुस्किल छ : प्राधिकरण
-
रसुवागढी जलविद्युत् आयोजनाको सुरुङमा मान्छे फसेको भेटिएन, धुन्चे फर्कियो सेनाको टोली
-
जनप्रतिनिधिकाे रास्वपा सदस्यतामाथि प्रश्न ! ‘सक्कली-नक्कली’ विवाददेखि गोपनीयता भंगसम्म
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
भदौ १४, २०८३
१४ भदौ, काठमाडौं । तीन वर्षअघि घरेलु मैदानमा रचेको इतिहास दोहोर्याउँदै पुनः एसिया कपमा पुग्ने लक्ष्यका साथ नेपाली टोली एसीसी…



ghanashyam