आज विश्व रेडियो दिवस
काठमाडौं : आज विश्व रेडियो दिवस। नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ। संयुक्त राष्ट्र संघको आह्वानमा सन् २०१२ देखि हरेक वर्ष फेब्रुअरी १३ मा रेडियो दिवस मनाउने गरिएको छ।
रेडियोको महत्त्व, योगदान र चुनौतीहरूको समीक्षा गरी विश्व रेडियो दिवस मनाउने गरिन्छ। संयुक्त राष्ट्र संघको शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक संगठन युनेस्कोले यस वर्षको नारा ‘रेडियो र विश्वास’ तय गरेको छ।
नेपालमा राणा शासन अन्त्यका लागि संघर्षरत नेपाली कांग्रेसले वि.स.२००३ सालमा रेडियोको प्रसारण शुरु गरेको थियो। औपचारिक रुपमा भने २००७ साल मंसिर २८ गतेदेखि प्रजातन्त्र रेडियोका नाममा रेडियो सञ्चालन सुरु भएको मानिन्छ।
अहिले सूचना तथा सञ्चार मन्त्रालयबाट सञ्चालनको लागि इजाजत प्राप्त गर्ने एफएम रेडियोको संख्या देशभर ९ सय हाराहारी छ भने नियमित प्रसारणमा रहेका रेडियोको संख्या साढे ७ सयभन्दा बढी छ।
निजी क्षेत्रबाट एफ एम रेडियोको प्रसारण भएको २०५२ सालदेखि हो। विभिन्न सञ्चार माध्यमको विकास भएपनि रेडियो अझै सञ्चारको सबैभन्दा प्रभावकारी माध्यम मानिन्छ।
-
बेपत्ताहरूको संख्या यकिन गर्न अझै मुस्किल छ : प्राधिकरण
-
रसुवागढी जलविद्युत् आयोजनाको सुरुङमा मान्छे फसेको भेटिएन, धुन्चे फर्कियो सेनाको टोली
-
जनप्रतिनिधिकाे रास्वपा सदस्यतामाथि प्रश्न ! ‘सक्कली-नक्कली’ विवाददेखि गोपनीयता भंगसम्म
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
भदौ १४, २०८३
काठमाडौँ : भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७८८ पुगेको छ । नेपाल प्रहरीका अनुसार आइतबार दिउँसो ३ बजेसम्म…



ghanashyam