प्रधानन्यायाधीश जबरा निलम्बन भएकाे सूचना प्रकाशित
काठमाण्डाै – संसद् सचिवालयले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा निलम्बन भएको सूचना प्रकाशित गरेको छ ।प्रधानन्यायाधीश जबराविरुद्ध प्रतिनिधि सभामा महाअभियोग प्रस्ताव दर्ता भएपछि संसद् सचिवालयले प्रधानन्यायाधीश राणा निलम्बित भएको सूचना प्रकाशित गरी राष्ट्रपति कार्यालय, सर्वोच्च अदालत, प्रधानन्यायाधीश जबरा, संवैधानिक आयोग, न्याय परिषद् र प्रधानमन्त्री कार्यालयमा पठाएको छ ।
नेपालको संविधानको धारा १०१ को उपधारा ६ अनुसार महाअभियोगको कारबाही प्रारम्भ भएपछि त्यस्तो कारबाहीको टुङ्गो नलागेसम्म नेपालको प्रधानन्यायाधीशले कार्यसम्पादन गर्न नपाउने व्यवस्थाअनुसार जबरा निलम्बनमा पर्नुभएको हो ।
संवैधानिक व्यवस्था रहेको तथा प्रतिनिधि सभा नियमावली २०७५ को नियम १६१ को उपनियम ९ मा महाअभियोगको कार्य प्रारम्भ भएपछि आरोपित प्रधानन्यायाधीशले आफ्नो पदको कार्यसम्पादन गर्न पाउने छैन भन्ने व्यवस्था रहेकाले त्याे आरोप किनारा नलागेसम्म उहाँले आफ्नो पदको कार्यसम्पादन गर्न नपाउने सूचना संसद् सचिवालयले जानकारी गराएको हो ।
-
जनप्रतिनिधिकाे रास्वपा सदस्यतामाथि प्रश्न ! ‘सक्कली-नक्कली’ विवाददेखि गोपनीयता भंगसम्म
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
-
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
-
रसुवा बाढी : सेनाद्वारा ४०९ जनाको हवाई उद्धार, त्रिशूली–३ को टनेलमा उद्धार कार्य जारी
खरेन्द्रपुरमा रक्तदान, १ सय ४५ पिन्ट रगत संकलन
भदौ १४, २०८३
कपिलवस्तु, १४ भदौ । राष्ट्रिय विपत्तिको अवस्थामा हुन सक्ने सम्भावित रगत अभावलाई मध्यनजर गर्दै कपिलवस्तुको शिवराज नगरपालिका-३, खरेन्द्रपुरमा आयोजित एकदिवसीय…



ghanashyam