कमल थापाले आज राप्रपा नेपाल घोषणा गर्दै
काठमाडौं : पूर्वउपप्रधानमन्त्री कमल थापाको नेतृत्वमा आज राप्रपा नेपाल पार्टी घोषणा हुँदैछ। पार्टी एकीकरणपछिको महाधिवेशनमा अध्यक्ष पदमा पराजित भएपछि थापाले नयाँ पार्टी घोषणा गर्न लागेका हुन्।
पार्टी एकीकरणअघि पनि थापा राप्रपा नेपालको अध्यक्ष थिए। आफ्नो नेतृत्वमा पुनः राप्रपा नेपाल पार्टी दर्ता गरेपछि थापाले आफ्नै घरमा फर्किएको प्रतिक्रिया दिएका थिए।
शनिवार बिहान साढे ११ बजे राष्ट्रियसभा गृह भृकुटीमण्डपमा पार्टीको घोषणा सभा आयोजना गरिएको छ। राप्रपाले यअसघि राजतन्त्रसहितको हिन्दु राष्ट्रको एजेण्डा बोकेको थियो। तर‚ अब थापाले राजतन्त्र छोडेर हिन्दु राष्ट्रको मात्र एजेण्डा बोक्ने बताएका छन्।
यसैबीच अध्यक्ष थापाले एमसिसी प्रकरणमा नेपाल शक्ति राष्ट्रहरुको चेपुवामा परेको टिप्पणी गरेका छन्। उनले एमसिसी प्रकरणमा चीन र अमेरिकालाई चिढ्याउन नहुने भन्दै दुवै देशलाई विश्वासमा लिएर एमसिसी कार्यान्वयनका लागि कूटनीतिक पहल गर्न आग्रह गरेका छन्।
-
बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै
-
सर्पदंशबाट जोगिन नागरिकलाई प्रहरीको सचेतना
-
बेपत्ताहरूको संख्या यकिन गर्न अझै मुस्किल छ : प्राधिकरण
-
रसुवागढी जलविद्युत् आयोजनाको सुरुङमा मान्छे फसेको भेटिएन, धुन्चे फर्कियो सेनाको टोली
-
जनप्रतिनिधिकाे रास्वपा सदस्यतामाथि प्रश्न ! ‘सक्कली-नक्कली’ विवाददेखि गोपनीयता भंगसम्म
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
भदौ १४, २०८३
१४ भदौ, काठमाडौं । तीन वर्षअघि घरेलु मैदानमा रचेको इतिहास दोहोर्याउँदै पुनः एसिया कपमा पुग्ने लक्ष्यका साथ नेपाली टोली एसीसी…



ghanashyam