रुसले युक्रेनमाथि आक्रमण गर्ने निर्णय गरिसकेको अमेरिकी राष्ट्रपतिको दाबी
एजेन्सी-अमेरिकी राष्ट्रपति जो बाइडेनले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमा आक्रमणको निर्णय गरिसकेको बताएका छन्। अमेरिकी गुप्तचर एजेन्सीको सूचनाका आधारमा आफूले आक्रमणको सम्भावना देखेको बाइडेनको भनाइ छ।
उनले ट्विटमार्फत् रुसी आक्रमण निकटमा रहेको उल्लेख गरेका छन्। पश्चिमादेशहरूले रुसले कुनै न कुनै बाहना बनाएर युक्रेनमा आक्रमण गर्न लागेको बताइरहेका छन्।
अमेरिकाले रुसले १ लाख ६९ हजारदेखि १ लाख ९० हजार सैनिक युक्रेनी सीमामा परिचालन गरेको बताएको छ। जसमा युक्रेनका स्वघोषित रिपब्लिक डोनस्क र लुहन्स्कका रुस समर्थित लडाकुहरु पनि रहेको अमेरिकी शंका छ।
अमेरिकी राष्ट्रपति बाइडेनले अझै पनि कूटनीतिक समाधानको आशा रहेको पनि बताएका छन्। तर‚ वार्ताका विषयमा भने हालसम्म कुनै पनि तयारी भएको छैन। अमेरिकासहित पश्चिमा देश रुसमाथि एकोहोरो आरोप लगाउँदै आएका छन् भने रुसले आक्रमणको आरोप अस्वीकार गर्दै आएको छ।
-
बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै
-
सर्पदंशबाट जोगिन नागरिकलाई प्रहरीको सचेतना
-
बेपत्ताहरूको संख्या यकिन गर्न अझै मुस्किल छ : प्राधिकरण
-
रसुवागढी जलविद्युत् आयोजनाको सुरुङमा मान्छे फसेको भेटिएन, धुन्चे फर्कियो सेनाको टोली
-
जनप्रतिनिधिकाे रास्वपा सदस्यतामाथि प्रश्न ! ‘सक्कली-नक्कली’ विवाददेखि गोपनीयता भंगसम्म
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
भदौ १४, २०८३
१४ भदौ, काठमाडौं । तीन वर्षअघि घरेलु मैदानमा रचेको इतिहास दोहोर्याउँदै पुनः एसिया कपमा पुग्ने लक्ष्यका साथ नेपाली टोली एसीसी…



ghanashyam