युक्रेनी सीमामा २ सय रूसी ट्याङ्क, गोलाबारी गर्दै विद्रोही
किभ : युक्रेन र रूसबीच तनावपूर्ण अवस्था भएको छ। पूर्वी युक्रेनमा सेना र रूस समर्थक विद्रोहीबीच गोलाबारी भइरहेका वेला २ सय रूसी ट्याङ्क र रकेट लन्चर युक्रेनी सीमाबाट ५ किलोमिटर टाढा पुगेका छन्।
शनिबार पूर्वी युक्रेनमा विद्रोहीको इलाकामा भीषण विस्फोटको आवाज सुनिएको थियो।
यसैबीच युक्रेनको बिग्रँदो अवस्थालाई ध्यानमा राख्दै अमेरिकी राष्ट्रपति जो बाइडेनले आज आपत्कालीन बैठक बोलाएका छन्।
युक्रेनी सीमामा गएको रूसी सेनाका ट्याङ्कका भिडियो अहिले सामाजिक सञ्जालमा व्यापक रूपमा शेयर गरिएका छन्। दुई पक्षबीचको बढ्दो तनावले रूसी आक्रमणको खतरा बढ्दै गएको छ।
विद्रोही नियन्त्रित दोनेत्स्क क्षेत्रमा १० भन्दा बढी पटक विस्फोटको आवाज सुनिएको छ। यसैबीच रूस समर्थक विद्रोहीले गरेको आक्रमणमा दुई युक्रेनी सैनिकको मृत्यु भएको छ। दोनेत्स्क क्षेत्रमा अहिलेसम्म ५९१ वटा युद्धविराम उल्लंघन र ५५३ विस्फोट भएका छन्।
यसैबीच पूर्वी युक्रेनमा विद्रोही नेताहरूले शनिबार यो क्षेत्रमा हिंसा बढ्ने र यसै निहुँमा रूसले आक्रमण गर्ने पश्चिमी देशको डरबीचपूर्ण सैन्य परिचालनको आदेश दिएका छन्।
दोनेत्स्क क्षेत्रमा रूस समर्थक विद्रोही सरकारका प्रमुख डेनिस पुशिलिनले शनिबार विज्ञप्ति जारी गर्दै पूर्ण सैन्य परिचालनको घोषणा गरेका छन्। साथै जगेडा सदस्यहरूलाई सेनाको भर्ती कार्यालयमा आउन अनुरोध पनि गरेका छन्।
आगामी केही दिनमा युद्ध हुने डरले फ्रान्स, जर्मनी र अस्ट्रियाले आफ्ना नागरिकहरूलाई युक्रेन छोड्न आग्रह गरेका छन्।
लुहान्स्कका अर्का पृथकतावादी नेता लियोनिद पेसेचनिकले पनि यस्तै घोषणा गरेका छन्। पुशिलिनले युक्रेनी सेनाबाट ‘आक्रमणको आसन्न खतरा’ रहेको उल्लेख गरेका छन्। यद्यपि युक्रेनी अधिकारीहरूले यी आरोप अस्वीकार गरेका छन्।
पूर्वी युक्रेनको युद्धग्रस्त क्षेत्र भ्रमणका क्रममा शीर्ष युक्रेनी सैन्य अधिकारीहरू गोलाबारीमा परेका थिए। गोलाबारीबाट बच्नका लागि ती क्षेत्रमा बनाइएका बमप्रुफ शेल्टरमा सैन्य अधिकारीहरूले शरण लिएका थिए।
युक्रेन र रूस समर्थित विद्रोहीले कब्जा गरेको दुई भूभागले एकअर्कामाथि तनाव बढाएको आरोप लगाएका छन्। पूर्वी युक्रेनको सरकारी नियन्त्रित भागबाट प्रहार गरिएका कम्तीमा दुईवटा गोला सीमापार खसेको रूसले बताएको छ।
युक्रेनका विदेशमन्त्री दिमित्रो कुलेबाले उक्त दाबी झूटो भएको भन्दै खारेज गरेका छन्। पृथकतावादी र युक्रेनी सैनिकहरू झण्डै आठ वर्षदेखि लडिरहेका छन् तर हालैका दिनहरूमा दुई पक्षलाई छुट्याउने सीमारेखामा हिंसा बढेको छ।
दोनेत्स्कमा एउटा कारमा बम विस्फोट र मानवीय राहत सामग्री बोकेको गाडीमा बम विस्फोट पनि भएको थियो।
-एजेन्सीको सहयोगमा
-
बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै
-
सर्पदंशबाट जोगिन नागरिकलाई प्रहरीको सचेतना
-
बेपत्ताहरूको संख्या यकिन गर्न अझै मुस्किल छ : प्राधिकरण
-
रसुवागढी जलविद्युत् आयोजनाको सुरुङमा मान्छे फसेको भेटिएन, धुन्चे फर्कियो सेनाको टोली
-
जनप्रतिनिधिकाे रास्वपा सदस्यतामाथि प्रश्न ! ‘सक्कली-नक्कली’ विवाददेखि गोपनीयता भंगसम्म
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
भदौ १४, २०८३
१४ भदौ, काठमाडौं । तीन वर्षअघि घरेलु मैदानमा रचेको इतिहास दोहोर्याउँदै पुनः एसिया कपमा पुग्ने लक्ष्यका साथ नेपाली टोली एसीसी…



ghanashyam