एमसीसीको विरोधमा प्रहरीले दमन गर्यो, घाइतेको उपचार गर्न माग गर्छु : माधव नेपाल
काठमाडौं : नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले एमसीसीको विरोधमा भएको प्रदर्शनका क्रममा प्रहरीबाट भएको दमनको विरोध गरेका छन्। उनले संसदमा पेश भएको एमसीसीको विरोध र समर्थन जे पनि हुने अधिकार रहेको भन्दै यसो गर्नु लोकतान्त्रिक अधिकार रहेको बताए।
उनले विरोधका क्रममा घाइते भएकाहरुको उपचार गर्न सरकारसँग माग गरेका छन्।
साथै उनले असहमति र विरोधकाबीच एमसीसी संसदमा टेबुल भएको जिकिर गरेका छन्। आइतबार बिहान बसेको सत्तारुढ गठबन्धन बैठकमा एमसीसी टेबल गर्ने सहमति गरेर फर्किएका नेपालले एमसीसी असहमति र अवरोधकाबीच टेबुल भएको बताए।
गठबन्धन सरकारको मुख्य घटकका रुपमा रहेको एकीकृत समाजवादी सरकारमा पनि रहने र सडकबाट सरकारको विरोध पनि गरिरहने दोहोरो भूमिकामा देखिएको छ।

-
बेपत्ताहरूको संख्या यकिन गर्न अझै मुस्किल छ : प्राधिकरण
-
रसुवागढी जलविद्युत् आयोजनाको सुरुङमा मान्छे फसेको भेटिएन, धुन्चे फर्कियो सेनाको टोली
-
जनप्रतिनिधिकाे रास्वपा सदस्यतामाथि प्रश्न ! ‘सक्कली-नक्कली’ विवाददेखि गोपनीयता भंगसम्म
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
भदौ १४, २०८३
काठमाडौँ : भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७८८ पुगेको छ । नेपाल प्रहरीका अनुसार आइतबार दिउँसो ३ बजेसम्म…



ghanashyam