रसियालाई युद्ध बिराम गर्न युक्रेनको प्रस्ताव
एजेन्सी-रसियाले युक्रेनमाथि आक्रमण जारी राख्दा युक्रेनले युद्ध बिरामको प्रस्ताव गरेको छ। रसियाली सेना राजधानी किभमा पुगेपछि राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुससँग युद्ध बिरामको प्रस्ताव गरेका हुन्।
राष्ट्रपतिका प्रवक्ताले युद्ध बिराम र तत्काल शान्ति वार्ताका लागि जेलेन्स्की तयार रहेको बताएका छन्। तर‚ रुसले भने युक्रेनमाथि निरन्तर आक्रमण जारी राखेको छ।
यसैबीच अमेरिका र क्यानडाले रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र विदेशमन्त्री सर्गेई लाभरोवमाथि प्रतिबन्ध लगाएका छन्। यसअघि युरोपेली संघ र बेलायतले पनि प्रतिबन्ध लगाइसकेको छ।
ह्वाइट हाउसकी प्रवक्ता जेन साकीले अमेरिकाले युरोपेली सहयोगी देशहरुको निर्णयलाई समर्थन गर्दै पुटिन र लाभरोवमाथि प्रतिबन्ध लगाइएको जानकारी दिइन्। यस्तै‚ क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले पनि पुटिन र लाभरोवमाथि प्रतिबन्ध लगाइएको घोषणा गरेका छन्। रुसले युक्रेनमा तीन दिनदेखि जारी राखेको आक्रमणमा कयौँ मानिस मारिएको बताइएको छ।
-
सर्पदंशबाट जोगिन नागरिकलाई प्रहरीको सचेतना
-
बेपत्ताहरूको संख्या यकिन गर्न अझै मुस्किल छ : प्राधिकरण
-
रसुवागढी जलविद्युत् आयोजनाको सुरुङमा मान्छे फसेको भेटिएन, धुन्चे फर्कियो सेनाको टोली
-
जनप्रतिनिधिकाे रास्वपा सदस्यतामाथि प्रश्न ! ‘सक्कली-नक्कली’ विवाददेखि गोपनीयता भंगसम्म
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
भदौ १४, २०८३
काठमाडौं : बागमती प्रदेशका मुख्यमन्त्री किरण थापाले बाढी प्रभावित क्षेत्रमा राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको गुनासो गरेका…



ghanashyam