८५ हजार किमि पैदल यात्रा तय गरी बुद्धनगरी प्राचिन कपिलवस्तु आईपुगे भद्रमुनी

कपिलवस्तु-आफ्नो जीवनकालमा ८५ हजार किलोमिटर यात्रा तय गरेका जैन धर्मका साधक नेपाल केशरी डाक्टर मणि भद्रमुनी महाराज प्राचिन कपिलवस्तु आइपुगेका छन्। सर्वदय शान्ति पद यात्राको क्रममा उनी प्राचिन कपिलवुस्तु आएका हुन्।

नेपालको पोखरा– बुटवल– भैरहवा हुदै लुम्बिनी पुगेर उनी बुद्धनगरी तौलिहवा आइपुगेका हुन्। १५ वर्ष उमेरमा भारतको मेरठमा गई जैन धर्ममा लागेका ५५ वर्षिय भद्रमुनी त्यस यता ४० वर्षदेखि बिना कुनै साधन प्रयोग गरी पैदल यात्रा नै गर्दै आएको बताउँछन्।

उनीसँग सहायक बिराना मुनी महराज पनि अहिलको यात्रामा सरिक छन्। जैन धर्ममा एक ठाउँबाट अर्को ठाउँमा जान साधन प्रयोग नगरी पैदल मात्र हिड्नुपर्ने नियम छ। स्याङजाको फेदीखोला ४ आरुखर्कका भद्रमुनी ब्रम्हण परिवारका हुन्। १४ वर्षको उमेरका मेरड गइ जैन धर्ममा लाग्न खोज्दा उनलाई त्यहाँबाट उनका बुवाले स्याङग्जा फर्काएर ल्याएका थिए।

एक वर्षपछि फेरी मेरठ पुगी उनले जैन धर्म अंगाल्दै आएका छन्। मानव मिलन संस्थाका सस्थापक भद्रमुनीले सेवा नै सबै भन्दा ठूलो धर्म भएको बताए। समाजमा रहेको संस्कृति र सुख-दुःख नजिकबाट नियाल्न एक मात्र पैदल यात्रा रहेको उनी बताउँछन्। पैदल यात्रा गरेपछि मानिस र समाजका धेरै कुराहरु नजिकबाट थाहा हुने उनले बताए।

उनले भारतको कन्याकुमारी कश्मिर, गोहाटी, सिलोनसहित भारतका २५ राज्यको समेत पैदल यात्रा सम्पन गरिसकेकाे बताउँछन्। भुटान नेपालको पूर्व २ पटक यात्रा गरिसकेका छन्। यस्तै मुक्तिनाथको समेत पैदल यात्रा गरी सकेका उनी प्राचिन कपिलवस्तु भने पहिलो पटक आएको बताउँछन्। आफूले ३० वर्ष चप्पल नलगाई र त्यस पछि १० वर्ष भने चप्पल लगाएर पैदल यात्रा गरेको उनले बताए।

जैन धर्ममा भगवान मानिएका महावीरले समेत साधन गरेको क्षेत्रको रुपमा प्राचिन कपिलस्तुको चर्चा गरेको भद्रमुनी बताउँछन्। ‘३ वटा बुद्धको जन्म र कर्मथलोमा आउन पाईला टेक्न पाउँदा निकै शान्ति मिलेको छ’ उनले भने। मानव समेत नै सबै भन्दा ठूलो धर्म रहेको भन्दै उनले कुनै पनि धर्ममा अहिंसा र परोपकारी नै महत्वपूर्ण कुरा भएको बताउँछन्।

आजीवन ब्रम्हचारी समेत रहेको उनी तौलिहवा हुँदै चन्द्रौ्रटा, दाङको लम्ही, नेपालगंज महेन्द्रनगर हुँदै भारतीय सीमामा प्रवेश गर्ने बताउँछन्। प्राचिन कपिलवस्तुको जमुहामा भारतका लागि नेपाली पूर्वराजदुत तथा कांग्रेस नेता दीप कुमार उपाध्यायले भद्रमुनीको स्वागत गरेका थिए। तौलिहवाको होटलमा बसेर उनले दिक्षा समेत दिएका थिए।

TOP