राष्ट्रिय सभाका बीस सदस्यको पदावधि समाप्त
काठमाडौँ। राष्ट्रिय सभामा २० जना सदस्यको पदावधि शुक्रबारदेखि समाप्त हुँदैछ । गोला प्रथाका आधारमा चार वर्षे कार्यकाल पूरा भई उहाँहरू बिदा हुन लाग्नुभएको हो कार्यकाल पूरा गर्ने सबैभन्दा बढी सांसद नेकपा (एमाले)का हुनुहुन्छ । एमालेका अगमप्रसाद बान्तवा राई, कविता बोगटी, कोमल वली, चक्रप्रसाद स्नेही, नैनकला ओझा, पर्शुराम मेघी गुरुङ, रामलखन चमार र सुमनराज प्याकुरेलको पदावधि समाप्त हुँदैछ ।
यस्तै नेकपा (माओवादी केन्द्र)का खिमकुमार विक, जीवन बुढा, दीनानाथ शर्मा, शशीकला दाहाल, नेकपा (एकीकृत समाजवादी)का उदया शर्मा पौडेल, ठगेन्द्रप्रकाश पुरी, शान्तिकुमारी अधिकारी जिसी र शेरबहादुर कुँवरको कार्यकाल पनि सकिँदैछ ।नेपाली काँग्रेसका दृगनारायण पाण्डे, राधेश्याम अधिकारी र तारादेवी भट्टको पनि कार्यकाल पूरा हुँदैछ । यस्तै मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिबाट मनोनीत सदस्य रामनारायण बिडारीको पनि कार्यकाल सकिँदैछ ।
उहाँहरूको अवधि समाप्त भएपछि हुने रिक्त पदपूर्तिका लागि यसअघि नै १९ जना निर्वाचित भइसक्नु भएको छ । छ वर्षे कार्यकालका लागि निर्वाचित १९ जना सदस्यले फागुन २१ गते राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासमक्ष शपथग्रहण गर्नुहुनेछ । एक सदस्य राष्ट्रपतिबाट मनोनीत हुने र राष्ट्रपतिसमक्ष नै शपथ लिने प्रावधान छ ।
राष्ट्रिय सभाका सचिव राजेन्द्र फुयालले राष्ट्रिय सभा सदस्यको पदमा निर्वाचित १९ सदस्यको शपथग्रहण कार्यक्रम फागुन २१ गते शनिबार तय गरिएको जानकारी दिनुभयो । शपथग्रहण सिंहदरबारस्थित कानुन, न्याय तथा मानव अधिकार समितिको कार्यकक्षमा तय गरिएको छ ।संवैधानिक व्यवस्थाबमोजिम राष्ट्रपति विद्यादेवी भण्डारीले रिक्त एक सदस्य मनोनीत गर्नुहुनेछ । निर्वाचन आयोगका अनुसार माघ १२ गते सम्पन्न मतदानमा नेपाली काँग्रेसका छ, नेकपा (एकीकृत समाजवादी) र नेकपा माओवादी केन्द्रका पाँच–पाँच तथा जनता समाजवादी पार्टी, नेपाल, नेकपा (एमाले) र राष्ट्रिय जनमोर्चाका एक–एक सदस्य निर्वाचित हुनुभएको थियो ।
काँग्रेसबाट नारायणदत्त मिश्र, ध्रुवराज शर्मा, दुर्गा गुरुङ, कमला पन्त, कृष्णप्रसाद पौडेल र गोपालकुमार बस्नेत राष्ट्रिय सभा सदस्य निर्वाचित हुनुभएको छ । माओवादीबाट उर्मिला अर्याल, भुवनबहादुर सुनार, सुरेशकुमार आलेमगर, नरबहादुर विष्ट र जगतबहादुर कार्कीले सदस्यको शपथग्रहण गर्नुहुनेछ ।एकीकृत समाजवादीबाट जयन्तीदेवी राई, गोमादेवी तिमिल्सिना, राजेन्द्रलक्ष्मी गैरे, उदयबहादुर बोहरा र मदनकुमारी शाहले शपथग्रहण गर्नुहुनेछ । जसपा नेपालका मोहम्मद खालिद, नेकपा (एमाले)का सोनाम गेल्जेन शेर्पा र राष्ट्रिय जनमोर्चाका तुलप्रसाद विश्वकर्माले शपथग्रहण गर्नुहुनेछ ।
-
जनप्रतिनिधिकाे रास्वपा सदस्यतामाथि प्रश्न ! ‘सक्कली-नक्कली’ विवाददेखि गोपनीयता भंगसम्म
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
-
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
-
रसुवा बाढी : सेनाद्वारा ४०९ जनाको हवाई उद्धार, त्रिशूली–३ को टनेलमा उद्धार कार्य जारी
खरेन्द्रपुरमा रक्तदान, १ सय ४५ पिन्ट रगत संकलन
भदौ १४, २०८३
कपिलवस्तु, १४ भदौ । राष्ट्रिय विपत्तिको अवस्थामा हुन सक्ने सम्भावित रगत अभावलाई मध्यनजर गर्दै कपिलवस्तुको शिवराज नगरपालिका-३, खरेन्द्रपुरमा आयोजित एकदिवसीय…



ghanashyam