संस्कृती पुस्तान्तरण गर्न आवश्यकः रेश्मी
रचना खासुमगर, कपिलवस्तु । नेपाल मगर संघका अध्यक्ष टानबहादुर रेश्मीले मगर समुदायले संस्कृति जर्गेना गर्न नयाँ पुस्तालाई अघि सार्दै गरेको बताउनुभएको छ । मगर समुदायले देशलाई आवश्यक परेको बेला बहादुरी देखि आधुनिक समाजमा संस्कार तथा संस्कृति जर्गेना गर्ने अभियान सम्म सक्रिय रहेको बताउदै अब सबै समुदायले संस्कृति रक्षाका लागि नयाँ पुस्तालाई अघि सार्नुपर्नेमा जोड दिनुभएको छ ।
नेपाल मगर संघ बुद्धभूमी नगर कमिटिले आयोजना गरेको ४० औ मगर एकता दिवस कार्यक्रममा सहभागी अतिथी तथा मगर समुदायलाई सम्बोधन गर्दै टान बहादुर रेश्मीले भन्नुभयो “अब संस्कृति पुस्तान्तरण गर्ने बेला आइसक्यो” । मगरले आफ्नो मात्र नभई नेपाली संस्कृति तथा सामाजिक मेलमिलापको भावनालाई समेत अघि सारेको बताउदै यसको जर्गेना गर्दै आदिवासी जनजातीको सम्पत्ति भनेकै संस्कार र संस्कृति भएको जिकिर गर्नुभयो ।
बुद्धभूमी ४ बुड्ढीमा आयोजित शुभकामना आदन प्रदान कार्यक्रमका प्रमुख अतिथी नगर प्रमुख केशव श्रेष्ठले आदिवासी जनजातीको पक्षमा नगरपालिका सदैव अग्रसर रहदै आएको जिकिर गर्नुभयो । ”हामीले मगर मात्र होईन थारु, नेवार लगायत अन्य समुदायलाई पनि संस्कृति जर्गेनाका लागि प्रेरित गर्ने गरेका छौ” उहाले भन्नुभयो ।
भेलामा नगरपालिका क्षेत्र भरिका १ हजार बढि मगर समुदाय सहभागी भएको उक्त कार्यक्रममा अधिकांश शुभकामना दिने वत्ताहरुले मगर समुदायको उत्थानका लागि स्थानीय देखि संघिय सरकारले विशेष पहल लिनुपर्नेमा जोड दिएका थिए । मगर अगुवा मेख बहादुर सारुले आदिवासी जनजाती उत्थानका लागि स्थानीय सरकारले वडा स्तरीय रुपमा बेग्लै कोष निर्माण गर्नुपर्नेमा जोड दिनुभयो ।
“मगर आफैमा इमान्दार र सोझा त्यसमाथि थिचिएर पछाडी परेका अवस्था छ, तर्सथ मौका दिनुपर्छ, मगर समुदायको उत्थानका लागि सबै अग्रसर भएर अघि बढे हामीले पनि आफ्नो क्षेत्रबाट योगदान दिन सक्थ्यौ” सारुले भन्नुभयो । कार्यक्रममा मगर समुदायका युवा युवतीहरु परम्परागत पोशाकमा सजिएर कार्यक्रम स्थलमा आएका थिए । कार्यक्रममा सांस्कृतिक झाकि तथा नाँचहरु प्रर्दशन गरिएको थियो ।
कार्यक्रमको संचालन नगर सचिव विष्णु बहादुर सारुले गर्नुभएको थियो भने संघले गरेका क्रियाकलाप बारे अध्यक्ष टान बहादुर रेश्मीले प्रगति प्रतिवेदन पेश गर्नुभएको थियो ।
-
बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै
-
सर्पदंशबाट जोगिन नागरिकलाई प्रहरीको सचेतना
-
बेपत्ताहरूको संख्या यकिन गर्न अझै मुस्किल छ : प्राधिकरण
-
रसुवागढी जलविद्युत् आयोजनाको सुरुङमा मान्छे फसेको भेटिएन, धुन्चे फर्कियो सेनाको टोली
-
जनप्रतिनिधिकाे रास्वपा सदस्यतामाथि प्रश्न ! ‘सक्कली-नक्कली’ विवाददेखि गोपनीयता भंगसम्म
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
भदौ १४, २०८३
१४ भदौ, काठमाडौं । तीन वर्षअघि घरेलु मैदानमा रचेको इतिहास दोहोर्याउँदै पुनः एसिया कपमा पुग्ने लक्ष्यका साथ नेपाली टोली एसीसी…



ghanashyam