शिवराजमा निशुल्क आँखा शिविर:३५० जनाले लिए लाभ
माया बस्नेत, चन्द्रौटा । कपिलवस्तुको शिवराज नगरपालिकामा निःशुल्क आँखा शिविर कार्यक्रम सम्पन्न भएको छ । बिहीबार नगरपालिकाको वडा नम्बर १ शिवगढी इंग्लिश स्कूलमा भएको शिविरमा ३५० जनाले आँखा जाँच गराएका छन् । श्री सत्य साई सेवा संगठन नेपालको आयोजनामा भएको उक्त शिविरमा २७ जना लाई मोतिया बिन्दुको शल्यकृया गर्नु पर्ने देखिएको र १६ जनालाई तत्काल शल्यकृया को लागि पठाइएको आयोजकले जनाएको छ ।
सत्य साई संगठन नेपाल राष्ट्रिय परिषदका संयोजक राज कुमार गुरुङले मानव सेवा नै सबै भन्दा ठुलो सेवा बताउँदै उक्त शिविर आयोजना गरेको बताउनुभयो । शिविरमा नागरिकहरुको अत्याधिक सहभागिता रहेकोले आँखा शरिरको महत्वपूण अंग रहेकोले यसमा लापरवाही गर्न नहुने बताउनुभयो ।
परिषदले सबै क्षेत्रमा रहेर समाजसेवाको काम गरिरहेको बताउँदै विशुद्ध सेवामा आफुहरु तल्लिन रहेको जिकिर गर्नुभयो । यस्तै कार्यक्रम मा बोल्दै प्रदेश अध्यक्ष प्रकाश भट्टराईले शिविरमा स्थानीय संघ सस्थाहरुमा महत्वपुर्ण सहयोग रहेको बताउनुभयो । उक्त आँखा शिविर कार्यक्रम साई बाबाको फोटोमा माल्यापर्ण गरि रोटरी क्लब अफ कपिलवस्तुका अध्यक्ष राजकुमार क्षेत्रीले कार्यक्रम को उद्घाटन गर्नु भयो ।
कार्यक्रममा लुम्बिनी प्रदेशका प्रदेश सांसद अर्जुन कुमार केसी, नगर उपप्रमुख शिव कुमारी थारु रोटरी का पूर्व अध्यक्ष टोपलाल पोख्रेल प्रकाश पौडेल रोटार्याक्ट क्लब अफ कपिलवस्तुका अध्यक्ष शिशिर पोख्रेल समाज सेवी बुद्धिजीवी स्थानीय लगायतको उपस्थिति रहेको थियो ।
-
बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै
-
सर्पदंशबाट जोगिन नागरिकलाई प्रहरीको सचेतना
-
बेपत्ताहरूको संख्या यकिन गर्न अझै मुस्किल छ : प्राधिकरण
-
रसुवागढी जलविद्युत् आयोजनाको सुरुङमा मान्छे फसेको भेटिएन, धुन्चे फर्कियो सेनाको टोली
-
जनप्रतिनिधिकाे रास्वपा सदस्यतामाथि प्रश्न ! ‘सक्कली-नक्कली’ विवाददेखि गोपनीयता भंगसम्म
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
भदौ १४, २०८३
१४ भदौ, काठमाडौं । तीन वर्षअघि घरेलु मैदानमा रचेको इतिहास दोहोर्याउँदै पुनः एसिया कपमा पुग्ने लक्ष्यका साथ नेपाली टोली एसीसी…



ghanashyam