कपिलवस्तुमा हात्तीपाइले विरुद्ध महाअभियान आजदेखी शुभारम्भ ६ लाख भन्दा धेरैलाई ओषधी खुवाइदैँ

कपिलवस्तु । हात्तीपाइले निवारणका लागि कपिलवस्तुमा शनिबारदेखि महाअभियान शुभारम्भ गरिएको छ। लुम्बिनी प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री सहसराम यादवले सो रोगको विरुद्ध औषधी सेवन गरेर कार्यक्रमको शुभारम्भ गरेका हुन्।

स्वास्थ्य कार्यालय, कपिलवस्तु नगरपालिका, फेयरमेड र कालिका स्वावलम्बन सामाजिक केन्द्रको संयुक्त आयोजनमा तौलिहवामा राखिएको हात्तीपाइले विरुद्ध औाषधी सेवन शुभारम्भ कार्यक्रमा मन्त्री यादवले औषधि सेवन गर्दै अभियानलाई सफल बनाउने सबैको जिम्मेवारी रहेको बताए ।

१३ वर्ष चलाइएको अभियान पछि पनि हात्तीपाइले अझैसम्म निवारण नहुनु दुःखको कुरा भएको उनले बताए। उनले सबै मिलेर हात्तीपाइले रोगविरुद्ध औषधि खाएर अभियानलाई सार्थक बनाउनु पर्ने उनले बताए । उनले यो रोगविरुद्ध एक पटक पनि औषधि सेवन नगरेकाहरुलाई खोजी खोजी औषधि खुवाउनु पर्ने बताए।

यो अभियान कपिलवस्तु सहित देशका १० जिल्लामा संचालन भएको हो। १३ औ चरण पुरा गरे पनि हात्तीपाइलेको जीवणु अझै फेला पारे पछि अभियान संचालन गरिएको भन्दै आम नागरिकलाई औषधीको सेवन गर्न स्वास्थ्य कार्यालयका प्रमुख हेमराज पाण्डेयले आग्रह समेत गर्नुभयो ।

कार्यक्रममा प्रदेश सदस्य बिष्णु पन्थी, जिल्ला समन्वय समितिका प्रमुख नारायण खनाल, लुम्बिनी प्रदेशका स्वास्थ्य जनसंख्या मन्त्रालाय तथा परिवार कल्याण मन्त्रालयका सचिव डाक्ट विकास देवकोटा, निर्देशक बिनोद कुमार गिरी, प्रजिअ चक्रपाणी पाण्डेय, उप मेयर लक्ष्मी गुप्ता लगायतको टोलीले औषधि सेवन गर्दै अभियान सफल बनाउन आग्रह गरे।

यस्तै वाणगंगा नगरपालिका – ९ मा हात्तीपाइले रोग निबारण अभियान कार्यक्रम संचालन भएको छ । वडाका ३ वटा केन्द्रमा औषधि खुवाउने अभियानको सुभारम्भ गरिएको छ । सो अभियानलाई सफल पार्न भलवाड स्वास्थ्य चौकीको आयोजनामा समुदाय स्तरमा यहाका जनप्रतिनिधि,बिधालय ,टोल विकास संस्था ,संघ ÷संस्था जस्ता सरोकारवाला बीच अन्तरक्रिया कार्यक्रम गरेको भलवाड स्वास्थ चौकी प्रमुख जित बिकास रायमाझीले बताउनुभयो ।

यसवर्ष कपिलवस्तुमा ६ लाख २० हजार ४ सय ९१ जनालाई हात्तिपाईले रोग विरुद्धको औषधी खुवाउने तयारी गरिएको हो । १४ औ चरणको अभियान सफल पार्नका लागी वाणगंगा नगरपालिकामा मात्रै ७७ हजार ६ सय ७० जनालाई औषधी खुवाईने लक्ष्य रहेको छ ।

यता वाणगंगा नगरपालिकाका ११ वटै वडाबाट आज ९ हजार १ सय ३२ जनालाई हात्तीपाईले रोग विरुद्धको औषधी खुवाएको वाणगंगा नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख ठगराज पौडेलले जानकारी दिनुभयो । उहाँले कोभिड विरुद्धको खोप लगाउन छुटेका नागरिकलाई पनि घरघरमा पुगेर खोप लगाईने समेत बताउनुभयो ।

खरेन्द्रपुरमा रक्तदान, १ सय ४५ पिन्ट रगत संकलन
भदौ १४, २०८३

कपिलवस्तु, १४ भदौ । राष्ट्रिय विपत्तिको अवस्थामा हुन सक्ने सम्भावित रगत अभावलाई मध्यनजर गर्दै कपिलवस्तुको शिवराज नगरपालिका-३, खरेन्द्रपुरमा आयोजित एकदिवसीय…

TOP