महाराजगन्जमा बलियो बन्दै एमाले
महाराजगन्ज । कपिलवस्तु जिल्ला काे महाराजगन्ज नगरपालिका मा अायाेजिक कार्यकर्ता भेला तथा पार्टी प्रवेश कार्यक्रममा ५२५ जना जसपा, लाेसपा, कंग्रेस र अन्य पार्टी परित्याग गरि नेकपा एमाले पार्टीमा प्रवेश गरेका छन् ।
कार्यकर्ता भेला तथा पार्टी प्रवेश कार्यक्रम मा लाेकतन्त्रिक समाजवादी पार्टी , नेपाली कांग्रेस , जनता समाजवादी पार्टी लगायत अन्य पार्टी परित्याग गरि इन्द्रराम यादव , इलाकत धाेबी , सफिक धुनिया , राजु यादव लगायत ५२५ जना नेकपा एमाले महाराजगन्ज मा प्रवेश गरेका छन् ।
नेकपा एमाले केन्द्रीय पाेलिट व्युराे सदस्य तथा लुम्बिनी प्रदेश सह-इन्चार्ज विमला घिमिरे भनिन् कि एमाले पार्टी दलित , गरिब , असहाय , मजदुर र अाम नेपालीहरुकाे समस्यालाई समाधान गर्ने एक मात्र पार्टी रहेको छ । महाराजगन्ज काे मुहार फेर्न काे लागि हाम्रो पार्टीले मात्र गर्न सक्छ । सबै काे पीडा बुझ्नकाे लागि र देशलाई समृद्ध बनाउन काे लागि एमाले पार्टी ले नीति नियम बनाएको बताइन् । अब महाराजगन्जमा पनि नेकपा एमाले पार्टी बलियो बन्दै गएको छ ।
नेकपा एमाले काे केन्द्रीय सदस्य तथा कपिलवस्तु इन्चार्ज बलराम अधिकारीले भने कि नेकपा एमाले पार्टीले सबैलाई जाेड्ने काम गर्छ नकि ताेड्न काम गरेको छैन । सुखी नेपाली समृद्ध नेपाल बनाउने उद्देश लिएर काम गरिरहेकाे छ नकि कसैलाई काखा र कसैलाई पाखा लगाउने काम गरेको छैन ।
पार्टी मा प्रवेश गरेका नव प्रवेशिलाई बधाई समेत दिनु भएको छ । नव प्रवेशि इन्द्रराम यादवले मन्तव्य काे क्रममा भने कि लाेसपा पार्टी काे निति नियम र कार्य मेराे चित्त बुझेको थिएन त्यहि भएर मैले एमाले पार्टी मा प्रवेश गरेकाे छ । अाज म धेरै खुसी पनि रहेको छु कि जुन पार्टीले अाम जनताको हक , अधिकार र नेपाललाई समृद्ध बनाउने लक्ष्य लिएकाे छ त्यो पार्टी नेकपा एमाले हाे ।
लुम्बिनी प्रदेश सअ-इन्चार्ज विमला घिमिरे , कपिलवस्तु इन्चार्ज बलराम अधिकारी , कपिलवस्तु अध्यक्ष डम्मर शर्मा , जिल्ला सचिव सि.वी गहतराज , प्रदेश सभा सदस्य अर्जुन के.सी , शिवराज नगरपालिका मा प्रमुख नेत्रराज अधिकारी र महाराजगन्ज नगर अध्यक्ष निजामुद्दीन खां लगायत का नेताहरुले नेकपा एमाले पार्टी मा प्रवेश गरेका नव प्रवेशिहरुलाई टीका , गम्छा र माला लगाएर पार्टी मा स्वागत गरेका हुन ।
कार्यकर्ता भेला तथा पार्टी प्रवेश कार्यक्रम मा लुम्बिनी प्रदेश कमिटी सदस्य टेकराज पाैडेल , बुद्धभुमि नगर अध्यक्ष देवी बेल्बासे , महाराजगन्ज नगर इन्चार्ज अब्दुल मावुद खा ,सह-इन्चार्ज शिवराम खड्का , मैराज खा ,अखिल नेपाल पिछडावर्ग महासंघका केन्द्रीय सदस्य अभिषेक मणि यादव लगायत नेता कार्यकर्ताहरुकाे सहभागीता रहेको थियो ।
कार्यक्रमलाई महाराजगन्ज नगर कमिटी का सचिव संताेष त्रिपाठीले सहजीकरण गर्नु भएको थियो ।
-
जनप्रतिनिधिकाे रास्वपा सदस्यतामाथि प्रश्न ! ‘सक्कली-नक्कली’ विवाददेखि गोपनीयता भंगसम्म
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
-
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
-
रसुवा बाढी : सेनाद्वारा ४०९ जनाको हवाई उद्धार, त्रिशूली–३ को टनेलमा उद्धार कार्य जारी
खरेन्द्रपुरमा रक्तदान, १ सय ४५ पिन्ट रगत संकलन
भदौ १४, २०८३
कपिलवस्तु, १४ भदौ । राष्ट्रिय विपत्तिको अवस्थामा हुन सक्ने सम्भावित रगत अभावलाई मध्यनजर गर्दै कपिलवस्तुको शिवराज नगरपालिका-३, खरेन्द्रपुरमा आयोजित एकदिवसीय…



ghanashyam