युक्रेनमाथि थप आक्रमण बढाउँदै रूस
एजेन्सी-युक्रेनमाथि २४ दिनदेखि आक्रमण गरिरहेको रूसले आक्रमण थप नयाँ सहरहरुतर्फ विस्तार गरेको छ। पछिल्लो पटक दक्षिणी सहर माइकोलिएभमा रूसी सेनाले मिसाइल प्रहार गरेको छ।
माइकोलिएभको एक आवसीय भवनमा रूसी सेनाले गरेको मिसाइल आक्रमणमा कम्तीमा ४५ जनाको मृत्यु भएको छ। त्यस्तै‚ सहरको उत्तरी क्षेत्रमा रहेको सैनिक ब्यारेकमा कम्तीमा दुईवटा मिसाइल खसेका छन्। स्थानीय सैनिकलाई प्रशिक्षण दिने यी ब्यारेकमा रूसी सेनाले मिसाइल खसालेको हो। ब्ल्याक सीबाट हुने आक्रमण रोक्न यहाँको सेनाले हरसम्भव प्रयास गरिरहेको थियो।
यस्तै‚ रूसी सेनाले शुक्रबार बिहान लविव सहरमा ठूला तीन आक्रमण गरेको छ। सैन्य जहाज मर्मत गर्ने एउटा एयरबेसमा रूसले तीनवटा ठूला बम खसालेको छ।
यसैबीच युक्रेन युद्धमा ८१६ नागरिक मारिएको संयुक्त राष्ट्र संघले बताएको छ। राष्ट्र संघले १७ मार्चसम्म ८१६ नागरिक मारिएको र १३ सय ३३ जना घाइते भएको उल्लेख गरेको छ।
-
बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै
-
सर्पदंशबाट जोगिन नागरिकलाई प्रहरीको सचेतना
-
बेपत्ताहरूको संख्या यकिन गर्न अझै मुस्किल छ : प्राधिकरण
-
रसुवागढी जलविद्युत् आयोजनाको सुरुङमा मान्छे फसेको भेटिएन, धुन्चे फर्कियो सेनाको टोली
-
जनप्रतिनिधिकाे रास्वपा सदस्यतामाथि प्रश्न ! ‘सक्कली-नक्कली’ विवाददेखि गोपनीयता भंगसम्म
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
भदौ १४, २०८३
१४ भदौ, काठमाडौं । तीन वर्षअघि घरेलु मैदानमा रचेको इतिहास दोहोर्याउँदै पुनः एसिया कपमा पुग्ने लक्ष्यका साथ नेपाली टोली एसीसी…



ghanashyam