रुसलाई सैन्य सहयोग नगर्न चीनलाई अमेरिकाको आग्रह
रुस–युक्रेन युद्धका विषयमा अमेरिका र चीनका राष्ट्रपतिबीच कुराकानी भएको छ । अमेरिकी राष्ट्रपति जो बाइडेन र चिनियाँ समकक्षी सी जिनपिङबीच गएराती भिडियो कुराकानी भएको हो ।
अमेरिकी राष्ट्रपतिले चिनियाँ समकक्षीसँग गरेको संवादलाई अन्तर्राष्ट्रिय वृत्तमा महत्त्वका साथ हेरिएको छ । कुराकानीमा राष्ट्रपति सिले विश्व शान्ति तथा सुरक्षाको विषय सबैको साझा जिम्मेवारी भएको बताउनुभएको छ ।
जवाफमा अमेरिकी राष्ट्रपति बाइडेनले रुसलाई सैन्य सहयोग नगर्न आग्रह गर्नुभएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । चीनले अहिलेसम्म रुसले गरेको आक्रमणलाई सैन्य कारबाहीको संज्ञा दिएको छैन ।
चिनियाँ राष्ट्रपति सिले रुस–युक्रेन युद्ध कुनै एउटा देशको मात्रै चासो, सरोकार र चिन्ताको विषय नभएको बताउनुभएको चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ । दुई देशबीचको युद्धलाई सबैले साझा चिन्ताको विषयका लिनुपर्नेमा बाइडेन र सिको जोड छ ।
-
बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै
-
सर्पदंशबाट जोगिन नागरिकलाई प्रहरीको सचेतना
-
बेपत्ताहरूको संख्या यकिन गर्न अझै मुस्किल छ : प्राधिकरण
-
रसुवागढी जलविद्युत् आयोजनाको सुरुङमा मान्छे फसेको भेटिएन, धुन्चे फर्कियो सेनाको टोली
-
जनप्रतिनिधिकाे रास्वपा सदस्यतामाथि प्रश्न ! ‘सक्कली-नक्कली’ विवाददेखि गोपनीयता भंगसम्म
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
भदौ १४, २०८३
१४ भदौ, काठमाडौं । तीन वर्षअघि घरेलु मैदानमा रचेको इतिहास दोहोर्याउँदै पुनः एसिया कपमा पुग्ने लक्ष्यका साथ नेपाली टोली एसीसी…



ghanashyam