आज देशका धेरै ठाउँमा घाम लाग्ने, गर्मी बढ्ने
काठमाण्डाै – आज पनि देशका धेरै ठाउँमा घाम लागेको छ । आज धेरै ठाउँमा घाम लाग्ने सम्भावना रहेकाले गर्मी बढ्ने मौसमविद्ले बताएका छन् ।
तापक्रम बढेसँगै तराईका जिल्लामा जनजीवन प्रभावित हुन थालेको छ । गएको २४ घण्टामा धरानको अधिकतम तापक्रम ३६ दशमलव ७ डिग्री सेल्सियस पुगेको छ ।
यस्तै, विराटनगरको अधिकतम तापक्रम ३६ दशमलव ६, भैरहवाको ३६ दशमलव ५, जनकपुरको ३६ दशमलव ४, सिमरा र नेपालगञ्जकाे ३६ डिग्री सेल्सियस पुगेको छ । काठमाण्डौको अधिकतम तापक्रम भने ३१ दशमलव ५ डिग्री सेल्सियस पुगेको छ ।
प्रि-मनसुनका गतिविधि सक्रिय नभएकाले देशभर गर्मी बढ्दो छ । मौसमविद् मञ्जु बासीकाअनुसार आज पहाडी क्षेत्रका एक/दुई ठाउँमा भने बेलुकीपख मेघगर्जनसहित हल्का पानी पर्ने सम्भावना छ ।
-
बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै
-
सर्पदंशबाट जोगिन नागरिकलाई प्रहरीको सचेतना
-
बेपत्ताहरूको संख्या यकिन गर्न अझै मुस्किल छ : प्राधिकरण
-
रसुवागढी जलविद्युत् आयोजनाको सुरुङमा मान्छे फसेको भेटिएन, धुन्चे फर्कियो सेनाको टोली
-
जनप्रतिनिधिकाे रास्वपा सदस्यतामाथि प्रश्न ! ‘सक्कली-नक्कली’ विवाददेखि गोपनीयता भंगसम्म
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
भदौ १४, २०८३
१४ भदौ, काठमाडौं । तीन वर्षअघि घरेलु मैदानमा रचेको इतिहास दोहोर्याउँदै पुनः एसिया कपमा पुग्ने लक्ष्यका साथ नेपाली टोली एसीसी…



ghanashyam