धनकुटामा टाटा सुमो दुर्घटना, एकजनाको मृत्यु
धनकुटा : मंगलबार राति धनकुटाको साँगुरीगढीमा भएको सडक दुर्घटनामा एक जनाको मृत्यु भएको छ। मंगलबार राति करिब ९ बजे धनकुटाको साँगुरीगढी गाउँपालिका–६ साँगुरीगढी किल्ला नजिक गोलखाडी–भेडेटार कच्ची सडक खण्डमा भेडेटारबाट गोलाखाडी तर्फ जाँदै गरेको मे.१ ज २१६२ नम्बरको सुमो जिप अनियन्त्रित भई सडकमा पल्टिएको थियो।
सुमोमा सवार धनकुटाको साँगुरीगढी–७ बस्ने वर्ष १९ कि श्रेया राई गम्भीर घाइते भएकी थिइन्। घाइते राईको उपचारको लागी बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएकोमा उपचारको क्रममा गए राति मृत्यु भएको १ नम्बर प्रदेश ट्राफिक प्रहरी कार्यालय इटहरीले जनाएको छ।
उक्त जिप र जिप चालक इलाका प्रहरी कार्यालय भेडेटारको नियन्त्रण रहेको प्रहरीले जनाएको छ। घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।
-
बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै
-
सर्पदंशबाट जोगिन नागरिकलाई प्रहरीको सचेतना
-
बेपत्ताहरूको संख्या यकिन गर्न अझै मुस्किल छ : प्राधिकरण
-
रसुवागढी जलविद्युत् आयोजनाको सुरुङमा मान्छे फसेको भेटिएन, धुन्चे फर्कियो सेनाको टोली
-
जनप्रतिनिधिकाे रास्वपा सदस्यतामाथि प्रश्न ! ‘सक्कली-नक्कली’ विवाददेखि गोपनीयता भंगसम्म
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
भदौ १४, २०८३
१४ भदौ, काठमाडौं । तीन वर्षअघि घरेलु मैदानमा रचेको इतिहास दोहोर्याउँदै पुनः एसिया कपमा पुग्ने लक्ष्यका साथ नेपाली टोली एसीसी…



ghanashyam