बैंकिङ कसुर मुद्दाका फरार दोषी पक्राउ
काठमाडौं : बैंकिङ कसुर मुद्दाका फरार बारा जितपुर सिमरा उपमहानगरपालिका-२ बस्ने काठमाडौं बुढानिलकण्ठ नगरपालिका-८ ठेगाना भएका ६८ वर्षीय कृष्णबहादुर थापालाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ।
जिल्ला अदालत काठमाडौंको गत फागुन २० गतेको फैसलाले उक्त मुद्दामा १ वर्ष कैदको ठहर गरेपछि फरार रहेका उनलाई महानगरीय अपराध महाशाखाको प्रहरी टोलीले जिल्ला प्रहरी कार्यालय बाराको समन्वयमा जितपुर सिमरा उपमहानगरपालिका-४ बाट पक्राउ गरेको हो।
उच्च अदालत पाटनबाट २०७७ मंसिर २२ गतेको फैसलाले सोही मुद्दामा थापालाई १ करोड २५ लाख रूपैयाँ बिगो वापतको रकम जरिवाना र सो को कानुनबमोजिम हुने ब्याज समेतको बिगो दाखिला गर्नुपर्नेमा सो नगरी फरार रहेको घटनामा जिल्ला अदालत काठमाडौंले उक्त फैसला गरेको थियो। उनलाई फैसला कार्यान्वयनका लागि बबरमहलस्थित काठमाडौं जिल्ला अदालत पठाइएको प्रहरी जनाएको छ।
-
बेपत्ताहरूको संख्या यकिन गर्न अझै मुस्किल छ : प्राधिकरण
-
रसुवागढी जलविद्युत् आयोजनाको सुरुङमा मान्छे फसेको भेटिएन, धुन्चे फर्कियो सेनाको टोली
-
जनप्रतिनिधिकाे रास्वपा सदस्यतामाथि प्रश्न ! ‘सक्कली-नक्कली’ विवाददेखि गोपनीयता भंगसम्म
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
भदौ १४, २०८३
काठमाडौँ : भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७८८ पुगेको छ । नेपाल प्रहरीका अनुसार आइतबार दिउँसो ३ बजेसम्म…



ghanashyam