शिवराज नगरपालिका वडा नम्वर ४ द्धारा सय जना कृर्षकहरुलाई स्प्रे टंकी वितरण
नवराज पौडेल, चन्द्रौटा ।
कपिलवस्तुको शिवराज नगरपालिका वडा नम्वर ४ द्धारा स्प्रे टंकी वितरण गरिएको छ । वडाका एक सय जना कृर्षकहरुलाई आईतबार एक कार्यक्रमका विच सो संख्यामा स्प्रे टंकी वितरण गरिएको वडा नं ४ का वडा अध्यक्ष सफिक अहमद .मुसलमानले जानकारी दिनु भयो ।
वडामा रहेका व्यावसायिक कृषि खेतीमा आवद्ध कृर्षकहरुको मागका आधारमा टंकी वितरण गरिएको वडा अध्यक्ष मुसलमानले बताउनुभयो । वडाको वार्षिक कार्यक्रम अन्र्तगत कृषिमा रहेको सात लाख मध्य दुइ लाखको बेमौसमी तरकारीको विउविजन वितरण गरिएको र पांच लाख बरावरको स्प्रे टकीं वितरण गरिएको उहाले जानकारी दिनुभयो । वडामा भौतिक पुर्वधार,पुलपुलेसा,सडक निर्माण लगाएतका काम सम्पुर्णकाम सम्पन्न बताउनु भयो ।
कार्यक्रमलाई सम्बोधन गर्दै शिवराज नगरपालिका कृषि शाखा प्रमुख तारा प्रसाद चौधरीले नगरपालिकाले कृर्षकहरुलाई पहिलो प्राथामिकता दिई काम गरिरहेको बताउनु भयो । करिव ३ वर्ष यता नगरपालिका बाट कृषि सामाग्री नपाएका कृर्षकलाई छनोट गरि टकीं वितरण गरेको उहांले बताउनु भयो ।
-
बेपत्ताहरूको संख्या यकिन गर्न अझै मुस्किल छ : प्राधिकरण
-
रसुवागढी जलविद्युत् आयोजनाको सुरुङमा मान्छे फसेको भेटिएन, धुन्चे फर्कियो सेनाको टोली
-
जनप्रतिनिधिकाे रास्वपा सदस्यतामाथि प्रश्न ! ‘सक्कली-नक्कली’ विवाददेखि गोपनीयता भंगसम्म
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
भदौ १४, २०८३
काठमाडौँ : भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७८८ पुगेको छ । नेपाल प्रहरीका अनुसार आइतबार दिउँसो ३ बजेसम्म…



ghanashyam