आधारभूत सिलाई कटाई सिप विकास स्तरोन्नती तालिम सम्पन्न
कृष्णनगर ।
कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका वडा नं १२ बेदमउ तथा वडा नं ४ सिर्सिहवामा सिप सिकौ स्वरोजगार बनौं भन्ने मूल नाराका साथ गरिबी निवारणका लागि लघुउद्यम विकास कार्यक्रम अन्तर्गत ४५ दिने आधारभूत सिलाई कटाई सिप विकास स्तरोन्नती तालिम सम्पन्न कृष्णनगर नगरपालिकाको आयोजनामा सम्पन्न भएको छ l
उक्त समापन कार्यक्रम वडा नं १२ वडाअध्यक्ष छेदी प्रसाद यादव तथा वडा नं ४ का वडाध्यक्ष घनश्याम बनियाको
अध्यक्षता प्रमुख अतिथिमा कृष्णनगर नगरपालिका प्रशासन शाखा प्रमुख राजेश मिश्र
अतिथिमा माइती नेपाल द्वारा संचालित हाम्रो सम्मान परियोजनाका कपिलवस्तु जिल्लाको फिल्ड संयोजक विकाश श्रीवास्तव, इद्रीस पठान रहनुभयोl
सिप सिकौ स्वरोजगार बनौं भन्ने मूल नाराका साथ गरिबी निवारणका लागि लघुउद्यम विकास कार्यक्रम अन्तर्गत ४५ दिने आधारभूत सिलाई कटाई सिप विकास स्तरोन्नती तालिमले स्वरोजगार बन्न महत्वपूर्ण भूमिका खेलने वक्ता हरूको भनाई थियोl
वडा नं १२ का १० जना महिला, वडा नं ४ का १०
जना सहभागी रहेको उक्त तालिममा कुशुम अग्रहरी प्रशिक्षकको भूमिका निर्वाह गर्नुभयोl
कार्यक्रममा व्यवस्थापनको भूमिका उद्यम विकास सहजकर्ता चेतना बुढाथोकीको रहेको थियो l
कार्यक्रम संचालन उद्यम विकास सहजकर्ता विनिता केसी ले गर्नुभयोl
-
बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै
-
सर्पदंशबाट जोगिन नागरिकलाई प्रहरीको सचेतना
-
बेपत्ताहरूको संख्या यकिन गर्न अझै मुस्किल छ : प्राधिकरण
-
रसुवागढी जलविद्युत् आयोजनाको सुरुङमा मान्छे फसेको भेटिएन, धुन्चे फर्कियो सेनाको टोली
-
जनप्रतिनिधिकाे रास्वपा सदस्यतामाथि प्रश्न ! ‘सक्कली-नक्कली’ विवाददेखि गोपनीयता भंगसम्म
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
भदौ १४, २०८३
१४ भदौ, काठमाडौं । तीन वर्षअघि घरेलु मैदानमा रचेको इतिहास दोहोर्याउँदै पुनः एसिया कपमा पुग्ने लक्ष्यका साथ नेपाली टोली एसीसी…



ghanashyam