श्रीलंकाको ब्लु स्टार फुटबल क्लब आज नेपाल आउँदै
काठमाडौं : श्रीलंकाको ब्लु स्टार फुटबल क्लब आज नेपाल आउँदैछ। एएफसी कप छनोट–२०२२ को प्ले अफमा मछिन्द्र फुटबल क्लबसँग प्रतिस्पर्धा गर्न ब्लु स्टार टोली नेपाल आउन लागेको हो। टोली आज अपरान्ह १२ बजे काठमाडौं आइपुग्ने अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ।
ब्लु स्टारले मछिन्द्रसँग आगामी मंगलबार प्रतिस्पर्धा गर्नेछ। मछिन्द्र र ब्लु स्टारबीचको खेल दशरथ रंगशालामा हुनेछ। यस खेलको विजेताले दोस्रो चरणमा भारतको मोहन बगानसँग खेल्नेछ। खेल अप्रिल १२ मा हुनेछ।
मछिन्द्रले पहिलो पटक एएफसी कप छनोट खेल्न लागेको हो। अघिल्लो पटक क्लब लाइसेन्स नभएको कारण मछिन्द्रले छनोटको मौका गुमाएको थियो।
यस पटक भने मछिन्द्रले क्लब लाइसेन्स प्राप्त गरिसकेको छ। मछिन्द्रसहित मनाङ, त्रिभुवन आर्मी र एपीएफले क्लब लाइसेन्स पाएको छ।
-
बेपत्ताहरूको संख्या यकिन गर्न अझै मुस्किल छ : प्राधिकरण
-
रसुवागढी जलविद्युत् आयोजनाको सुरुङमा मान्छे फसेको भेटिएन, धुन्चे फर्कियो सेनाको टोली
-
जनप्रतिनिधिकाे रास्वपा सदस्यतामाथि प्रश्न ! ‘सक्कली-नक्कली’ विवाददेखि गोपनीयता भंगसम्म
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
भदौ १४, २०८३
काठमाडौँ : भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७८८ पुगेको छ । नेपाल प्रहरीका अनुसार आइतबार दिउँसो ३ बजेसम्म…



ghanashyam