महाराजगन्जमा ९० प्रतिशत बढी प्रतिबद्धता पूरा, ५ वर्षको अवधिमा विवादरहित
कपिलवस्तु-कपिलवस्तुको महाराजगन्ज नगरपालिकाका जनप्रतिनिधि तथा कर्मचारी सम्मान गरिएको छ । स्थानीय तहको निर्वाचन नजिकिए सँगै २०७४ सालमा निर्वाचित भएका जनप्रतिनिधिहरूलाई नगरप्रमुख अब्दुल कलामले नगरको विकासमा सहयोग गरेको भन्दै सम्मान पत्रले सम्मान गर्नुभएको छ ।
५ वर्षको अवधिमा विवादरहित नगरपालिकाको रूपमा चिनाउन सफल भएकोमा सम्पूर्ण जनप्रनिधिहरुलाई धन्यवाद दिनुभयो । कार्यक्रममा बोल्दै नगरप्रमुख कलामले कतिपय पालिकाका जनप्रतिनिधिहरू विकासको वाधक भएको उदाहरण दिँदै महाराजगन्जमा त्यस्तै नभएकोमा खुसि व्यक्त गर्नुभयो । नगरप्रमुख कलामले नगरले गरेका विकासका कामको बारेमा चर्चा गर्नुभयो ।
५ वर्ष अघिको महाराजगन्ज नगर अहिलेको महाराजगन्ज तुलना गर्न आग्रह गर्नुभयो । नगरमा रहेका एक सय गाउँ किचड मुक्त बनाउने अभियान सुरु गरेको बताउनुभयो । ‘गाउँ पुग्ने र गाउँ भित्रका गल्लीहरू आरसिसी,पक्की लगायतका काम भइरहेको छ, कलामले भन्नुभयो ‘गाउँ पुग्ने सडक समेत नभएका ठाउँहरूमा अहिले पक्की बाटो पुगेको छ, ।
कोभिडको बेला नगरका विद्यालयहरू क्वारेनटाइन तथा आइसलेसनको रूपमा प्रयोग गरेर नागरिकहरूलाई सहज वातावरण सिर्जना गरेको बताउनुभयो ।स्वास्थ्य चौकीका भवनहरू निर्माण गरेर वर्थिङ सेन्टर,आर्वेद औषधालय लगायत अस्पतालहरू सञ्चालनमा रहेको बताउनुभयो ।
१५ शय्याको अस्पतालको निर्माणको काम केही दिनमै सुरु हुने उहाँले बताउनुभयो । अस्पताल निर्माण पश्चात् बुटवल,भैरहवा,तौलिहवा लगायतका ठाउँमा उपचारको लागि जाने बाध्यता हट्ने कलामले बताउनुभयो ।
नगरको सिवाभारीमा भारतीय दूतावासको सहयोगमा ४ करोडको लागतमा विद्यालय भवन निर्माण भएको बताउनुभयो । दुई तले अत्याधुनिक भवन निर्माण भएको बताउँदै विद्यार्थीहरूलाई शिक्षण सिकाई मा सहजता आउने विश्वास व्यक्त गर्नुभयो ।
कार्यक्रममा उपप्रमुख सुभावती कुर्मीले सम्मान कार्यक्रमले कर्मचारीहरूको मनोबल बढने बताउनुभयो । नागरिकहरूको सेवामा खटिएका जनप्रनिधिहरुलाई सम्मान गरिएको बताउँदै विगत ५ वर्षको अवधिमा उल्लेखनीय काम गरेकोमा सबैलाई धन्यवाद दिनुभयो । महाराजगन्जका प्रमुख प्रशासकिय अधिकृत रविन्द्र चौधरीले प्रतिनिधिद्वारा कर्मचारीलाई सम्मानित गर्दा कर्मचारीको आत्माबल बढेको बताउनु भयो ।
नगरपालिकामा कर्मचारी र प्रतिनिधि विच राम्रो सम्बन्ध भएकोले काम गर्ने बाताबरण सृजना भएको प्रमुख प्रशासकिय अधिकृत चौधरीले जानकारी दिनुभयो । सम्मान कार्यक्रमका केही बेर नगरले गरेका गतिविधिहरूको भिडियो सामाग्री समेत देखाइएको थियो । नगरपालिकामा कार्यरत ३५ जना कर्मचारी र ५८ जना जनप्रनिधिहरुलाई सम्मान पत्र,दोसल्ला र नगदले सम्मान गरिएको हो ।
-
बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै
-
सर्पदंशबाट जोगिन नागरिकलाई प्रहरीको सचेतना
-
बेपत्ताहरूको संख्या यकिन गर्न अझै मुस्किल छ : प्राधिकरण
-
रसुवागढी जलविद्युत् आयोजनाको सुरुङमा मान्छे फसेको भेटिएन, धुन्चे फर्कियो सेनाको टोली
-
जनप्रतिनिधिकाे रास्वपा सदस्यतामाथि प्रश्न ! ‘सक्कली-नक्कली’ विवाददेखि गोपनीयता भंगसम्म
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
भदौ १४, २०८३
१४ भदौ, काठमाडौं । तीन वर्षअघि घरेलु मैदानमा रचेको इतिहास दोहोर्याउँदै पुनः एसिया कपमा पुग्ने लक्ष्यका साथ नेपाली टोली एसीसी…



ghanashyam