आगामी निर्वाचन गठबन्धनका साझा उम्मेदवारले जित्छ : नेपाल

कपिलवस्तु- कम्युनिष्ट पार्टि (एकीकृत समाजबादी) पार्टीका अध्यक्ष तथा पुर्व प्रधानमन्त्री माधबकुमार नेपालले समाजिक सुरक्षा भत्ता पाँच हजार पुरयाउने बताउनु भएको छ । आफु एमालेमा रहँदा बृद्धाभत्ताको सुरुवात गरेको भन्दै अब भत्ता बृद्धी गर्ने पुर्व प्रधानमन्त्री माधबकुमार नेपालले बताउनुभयो । कपिलवस्तुको शिवराज नगरपालिका चन्दौटामा भएको प्रशिक्षण तथा पाटी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले एकीकृत समाजवादी प्रति जनताको आकर्षण देखेर विपक्षी दलहरू बरबराउन थालेको बताउनुभयो ।

नेपालले आगामी निर्वाचनमा गठबन्धनका साझा उम्मेदवारले जित्ने बताउनुभयो । पाँच दलीय गठबन्धनको निरन्तर वार्ता र छलफल भइरहेको बताउँदै सबै दलहरू गठबन्धन प्रति सकारात्मक रहेको बताउनुभयो । एकीकृत समाजवादी पाटी समाजवादको दिशामा अगाडी बढेको बताउँदै न्याय, सत्य र परिवर्तनको लागि काम गर्न नेता कार्यकर्तालाई आग्रह गर्नुभयो । ६ महिना अघि गठन गरेको पाटीमा अहिले जनताको लहर रहेको बताउँदै मेयर र वडा अध्यक्ष दैनिक रूपमा पार्टी प्रवेश गरेको बताउनुभयो । लुम्बिनी सँग जोडेर कपिलवस्तुलाई पर्यटकीय क्षेत्रको रूपमा विकास गर्नुपर्ने बताउँदै पर्यटक भित्रिएमा नागरिकहरू आत्मनिर्भर बन्ने बताउनुभयो ।

अध्यक्ष नेपालले आगामी स्थानिय तहको निर्वाचनमा नेकपा एस पहिलो पार्टी बन्ने ठोकुवा गर्नुभयो । कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले कपिलवस्तुका लोकप्रिय नेता डा.मञ्जुर खाँको नेतृत्वमा एकीकृत समाजवादिमा प्रबेश गरेकोमा धन्याबाद दिनुभयो । कपिलवस्तुको विकासका लागि नेकपा एस निर्वाचित हुनुपर्नेमा आफु विस्वात रहेको बताउनुभयो ।

कार्यक्रममा एकीकृत समाजवादीमा सचिव भागवत बिश्वासीले एमालेले जनतालाई घात गरेको बताउनुभयो । केपी ओलीले संविधान मिचेर संसद् विघटन गरेर जनताको मतलाई अपमान गरेको आरोप लगाउनुभयो । स्थानीय तहको निर्वाचनमा गठबन्धन बलियो भएकोले एमाले आत्तिएको बताउनुभयो । लुम्बिनी प्रदेश अध्यक्ष मेटामणी चौधरीले कपि ओलीको प्रवृत्तिलाई जनताले अस्वीकार गरेको बताउनुभयो । अंहकार र प्रतिगमनले देश र जनताको पक्षमा काम गर्न नसक्ने बताउँदै नागरिकहरू सचेत हुनुपर्ने बताउनुभयो ।

TOP