च्याम्पियन्स लिग : सिटी र लिभरपुल विजयी
काठमाडौं : युईएफए च्याम्पियन्स लिग अन्तर्गत क्वाटरफाइनलका खेल शुरु भएका छन्। क्वाटरफाइनल अन्तर्गत पहिलो लिगमा प्रिमियर लिग क्लब म्यानचेस्टर सिटीले ला लिगा क्लब एटलेटिको म्याड्रिडलाई १-० गोल अन्तरले पराजित गरेको छ।
सिटीको घरेलु मैदानमा सम्पन्न खेलमा खेलको ७०औ मिनेटमा केभिन डी ब्रुनेले गरेको गोल नै खेलको निर्णायक गोल बनेको थियो। यो जितपछि म्यानचेस्टर सिटीले एटलेटिको माथि १-० को अग्रता लिएको छ। अब क्वाटरफाइनलको दोस्रो लिग अपिल १४ मा हुने छ।
यस्तै गएराति नै भएको अर्को खेलमा प्रिमियर लिग क्लब लिभरपुलले पोर्चुगीच क्लब बेनिफिकालाई उसकै घरेलु मैदानमा पराजित गरेको छ। लिभरपुलले बेनिफिकालाई ३-१ गोल अन्तरले पराजित गरेको हो।
लिभरपुलको जितमा इब्राहिमा कोनाटे, साडियो माने र लुइस डियाजले एक एक गोल गरेका थिए। त्यस्तै बेनिफिकाका लागि डर्विन नुनेजले एक गोल फर्काएका थिए।
यी दुईबीचको दोस्रो लिग पनि अप्रिल १४ मै हुने छ।
-
सर्पदंशबाट जोगिन नागरिकलाई प्रहरीको सचेतना
-
बेपत्ताहरूको संख्या यकिन गर्न अझै मुस्किल छ : प्राधिकरण
-
रसुवागढी जलविद्युत् आयोजनाको सुरुङमा मान्छे फसेको भेटिएन, धुन्चे फर्कियो सेनाको टोली
-
जनप्रतिनिधिकाे रास्वपा सदस्यतामाथि प्रश्न ! ‘सक्कली-नक्कली’ विवाददेखि गोपनीयता भंगसम्म
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
भदौ १४, २०८३
काठमाडौं : बागमती प्रदेशका मुख्यमन्त्री किरण थापाले बाढी प्रभावित क्षेत्रमा राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको गुनासो गरेका…



ghanashyam