अमेरिकामा कोरोनाबाट एकै दिन १९ सयको मृत्यु
न्यूयोर्क, चैत २८ । अमेरिकामा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या १६ हजार ५ सय १३ पुगेको छ।जोन्स हप्किन्स युनिभर्सिटीको तथ्यांक अनुसार अमेरिकामा बिहीबार एक हजार नौ सय भन्दा धेरै मानिसको मृत्यु भएको छ।
यससँगै अमेरिका विश्वभर यो भाइरसको कारण धेरै मानिसको मृत्यु हुने मुलुकको सूचीमा दोस्रो स्थानमा उक्लिएको छ। अहिलेसम्म इटालीमा सबैभन्दा धेरै मानिसको मृत्यु भएको छ। इटालीमा मृत्यु हुनेको संख्या १८ हजार दुई सय ७९ पुगिसकेको छ।
अमेरिकामा संक्रमितको संख्या पनि चार लाख ६२ हजार नाघेको छ। अमेरिकामा बिहीबार मात्र ३० हजारभन्दा धेरै नयाँ संक्रमित भेटिएका छन्। अहिलेसम्म अमेरिकामा २५ हजार चार सयभन्दा धेरै संक्रमित निको भएका छन्।
-
सर्पदंशबाट जोगिन नागरिकलाई प्रहरीको सचेतना
-
बेपत्ताहरूको संख्या यकिन गर्न अझै मुस्किल छ : प्राधिकरण
-
रसुवागढी जलविद्युत् आयोजनाको सुरुङमा मान्छे फसेको भेटिएन, धुन्चे फर्कियो सेनाको टोली
-
जनप्रतिनिधिकाे रास्वपा सदस्यतामाथि प्रश्न ! ‘सक्कली-नक्कली’ विवाददेखि गोपनीयता भंगसम्म
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
भदौ १४, २०८३
काठमाडौं : बागमती प्रदेशका मुख्यमन्त्री किरण थापाले बाढी प्रभावित क्षेत्रमा राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको गुनासो गरेका…


