भारतमा पनि कोरोना संक्रमण तीव्र, एकै रातमा ३० जनाको मृत्यु

भारतमा पनि कोरोना भाइरस (कोभिड–१९) को संक्रमण तीव्र बन्दै गएको छ। बिहीबार राति मात्रै त्यहाँ यो संक्रमणटबाट ३० जनाको मृत्यु भएको भारतीय स्वास्थ्य मन्त्रालयले जनाएको छ।

योसँगै भारतमा कोरोनाका कारण मृत्यु हुनेको संख्या १ सय ९९ पुगेको छ। यस्तै बिहीबार राति नै ५ सय ४७ जना नयाँ संक्रमित फेला परेको भारतको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ।

योसमेत गरे भारतमा अहिलेसम्म कोरोना संक्रमितको संख्या ६ हजार ४ सय १२ पुगेको छ। साथै ५ सय संक्रमित भने उपचारपछि निको पनि भएका छन्।

भारतमा कोरोनाको संक्रमण सबैभन्दा बढी महाराष्ट्र, तमिलनाडु र दिल्लीमा भइरहेको छ। कोरोनाका कारण सबैभन्दा बढी महाराष्ट्रमा मात्रै ९७ जनाको मृत्यु भइसकेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

खरेन्द्रपुरमा रक्तदान, १ सय ४५ पिन्ट रगत संकलन
भदौ १४, २०८३

कपिलवस्तु, १४ भदौ । राष्ट्रिय विपत्तिको अवस्थामा हुन सक्ने सम्भावित रगत अभावलाई मध्यनजर गर्दै कपिलवस्तुको शिवराज नगरपालिका-३, खरेन्द्रपुरमा आयोजित एकदिवसीय…

TOP