शिवराजमा एमालेबाट ३ जना मेयर र २ उपमेयरका उम्मेदवारको नाम सिफारीस
कपिलवस्तु-वैशाख ३० को स्थानीय चुनावका लागि नेकपा एमालेबाट शिवराज नगरपालिका मेयरको उम्मेदवारका लागि ३ जना र उपमेयर पदको लागि २ जनाको नाम सिफारिस गरिएको छ ।
मंगलवार (आज) बसेको नगर कमिटीको बैठकले आकांक्षी सबैजनाको नाम जिल्ला कमिटिमा पठाइएको एमाले शिवराजका अध्यक्ष जगत पौडेलले जानकारी दिनु भयो ।
शिवराजकोे मेयर पदका लागि आकांक्षी महादेव पोख्रेल, अर्जुन कुमार के सी र लोकेन्द्र पौडलको नाम सिफारिस गरेको अध्यक्ष पौडेलले जानकारी दिनु भयो ।मेयर पदका आकांक्षि अर्जुन कुमार के सी लुम्विनी प्रदेश सभा सदस्य एवम एमाले कपिलवस्तुका उपसचिव हुन भने अर्का आकांक्षि सुरु देखि नै एमाले शिवराजका मेयर पदका दावेवार रहेका युवा नेता एमाले शिवराजका उपाध्यक्ष महादेव पोख्रेल हुन त्यस्तै अर्का आकांक्षि लोकेन्द्र पौडेलसाविक जुकेना गाउँ कमिटीका सचिव हाल शिवराजका नगर कमिटी सदस्य हुन ।
त्यस्तै उप मेयर पदको लागि शिवकुमारी चौधरी र निशा विश्वकर्माको नाम सिफारीस गरेको छ । त्यस्तै उप मेयर पदको लागि शिवकुमारी चौधरी र निशा विश्वकर्माको नाम सिफारीस गरेको छ ।चौधरी अहिलेकि उप मेयर हुन भने विश्वकर्मा पुर्व एमाले शिवराज सचिव हुन ।
-
बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै
-
सर्पदंशबाट जोगिन नागरिकलाई प्रहरीको सचेतना
-
बेपत्ताहरूको संख्या यकिन गर्न अझै मुस्किल छ : प्राधिकरण
-
रसुवागढी जलविद्युत् आयोजनाको सुरुङमा मान्छे फसेको भेटिएन, धुन्चे फर्कियो सेनाको टोली
-
जनप्रतिनिधिकाे रास्वपा सदस्यतामाथि प्रश्न ! ‘सक्कली-नक्कली’ विवाददेखि गोपनीयता भंगसम्म
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
भदौ १४, २०८३
१४ भदौ, काठमाडौं । तीन वर्षअघि घरेलु मैदानमा रचेको इतिहास दोहोर्याउँदै पुनः एसिया कपमा पुग्ने लक्ष्यका साथ नेपाली टोली एसीसी…



ghanashyam