वैवाहिक समारोहमा नाचगान गर्दा करेन्ट लागेर एकजनाको मृत्यु, सात घाइते
रौतहट : रौतहटमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। दुर्गाभगवती गाउँपालिका–१ निवासी नरेश राउतको छोरीको विवाहको मटकोरमा सामूहिक गीत गाउने क्रममा माइकबाट करेन्ट लागेर उनकै ३० वर्षीय बहिनी सम्घरिया देवीको मृत्यु भएको रौतहट प्रहरीले जनाएको छ।
करेन्ट लागेर घाइते उनको उपचारार्थ यमुनामाई गाउँपालिका स्थित सुकदेवचोकमा रहेको शिवदर्शन अस्पतालमा भर्ना गरेकोमा त्यही मृत्यु भएको हो ।
करेन्ट लागेर घाइते हुनेमा दुर्गा भगवती गाउँपालिका–१ पिपरा निवासी ३५ वर्षीया सिता देवी राउत, वडा नम्बर २ निवासी ३५ वर्षीया अनिता देवी राउत, वडा नम्बर ३ निवासी ६५ वर्षीया मन्तोरिया देवी, वडा नम्बर ४ निवासी ७० वर्षीया मुनी राउत, ६५ वर्षीया केबला देवी, ५५ वर्षीया सुशीला देवी, वडा नम्बर ७ निवासी ७५ वर्षीया हिरिया देवी रहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।
-
बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै
-
सर्पदंशबाट जोगिन नागरिकलाई प्रहरीको सचेतना
-
बेपत्ताहरूको संख्या यकिन गर्न अझै मुस्किल छ : प्राधिकरण
-
रसुवागढी जलविद्युत् आयोजनाको सुरुङमा मान्छे फसेको भेटिएन, धुन्चे फर्कियो सेनाको टोली
-
जनप्रतिनिधिकाे रास्वपा सदस्यतामाथि प्रश्न ! ‘सक्कली-नक्कली’ विवाददेखि गोपनीयता भंगसम्म
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
भदौ १४, २०८३
१४ भदौ, काठमाडौं । तीन वर्षअघि घरेलु मैदानमा रचेको इतिहास दोहोर्याउँदै पुनः एसिया कपमा पुग्ने लक्ष्यका साथ नेपाली टोली एसीसी…



ghanashyam