ट्याक्सीमा बढेको भाडादर आजदेखि लागू
काठमाडौं : आजदेखि ट्याक्सीमा नयाँ भाडादर लागू हुँदैछ। बागमती प्रदेश सरकारले बैशाख १ गतेदेखि अन्य यातायातको साधनमा बढेको भाडादर लागू गरे पनि ट्याक्सीमा भने आजदेखि मात्रै लागू गर्न लागेको हो।
बागमती प्रदेश सरकारले निर्धारण गरिएको भाडादर अनुसार ट्यक्सीमा सुरुवाती कलमा ५० रुपैयाँ, प्रति दुई सय मिटरमा १० रुपैयाँ, जाममा रोकिनु पर्दाको प्रतिक्षा शुल्क प्रति १ मिनेटको १ रुपैयाँ २० पैसा र प्रतिक्षा अधिकतम समय ३० मिनेट कायम गरिएको छ।
आजदेखि प्रतिदिन ६० वटा ट्याक्सीको मिटरमा भाडा समायोजन गरिने गुणस्तर तथा नापतौल विभागले जनाएको छ। सबै ट्यक्सीका मिटरमा भाडा समायोजन गर्न एक महिनाभन्दा बढि लाग्ने विभागले जनाएको छ। त्यतिन्जेल सम्म ट्याक्सीमा यात्रुले देख्नेगरी मिटरमा देखिने साविकको भाडादर र यात्रुले तिर्नुपर्ने नयाँ भाडादर टाँस्नुपर्ने विभागले जनाएको छ।
-
बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै
-
सर्पदंशबाट जोगिन नागरिकलाई प्रहरीको सचेतना
-
बेपत्ताहरूको संख्या यकिन गर्न अझै मुस्किल छ : प्राधिकरण
-
रसुवागढी जलविद्युत् आयोजनाको सुरुङमा मान्छे फसेको भेटिएन, धुन्चे फर्कियो सेनाको टोली
-
जनप्रतिनिधिकाे रास्वपा सदस्यतामाथि प्रश्न ! ‘सक्कली-नक्कली’ विवाददेखि गोपनीयता भंगसम्म
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
भदौ १४, २०८३
१४ भदौ, काठमाडौं । तीन वर्षअघि घरेलु मैदानमा रचेको इतिहास दोहोर्याउँदै पुनः एसिया कपमा पुग्ने लक्ष्यका साथ नेपाली टोली एसीसी…



ghanashyam