शिवराजमा राप्रपाका उम्मेदवार : मेयरमा शाह, उपमेयरमा चौधरी
चन्द्रौटा । राष्ट्रिय प्रजातन्त्र पार्टीले शिवराज नगरपालिकाका उम्मेदवारहरु छनोट गरेको छ । सोमवार चन्द्रौटामा पार्टी कार्यालयको उद्धघाटन कार्यक्रमको अवसरमा मेयर पदमा सइद अहमद शाह र उपमेयरमा विपसा चौधरीलाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।
राप्रपा लुम्बिनी प्रदेश कोषाध्यक्ष रहेका शाहले आफ्नो एकल नाम सिफारिस भएकोले निर्वाचनमा सबैको सहयोग हुने बताउनुभयो । उहाँले मेयर पदको उम्मदेवारी घोषणा गर्दै अन्य पार्टीलाई पटक पटक हेरेको भएपनि एक पटक राप्रपालाई जिताउन अपिल गर्नुभयो ।नगरको विकास गर्ने योजना आफु सग रहेकोले केहि दिनमै घोषणा पत्र सार्वजनिक गर्ने शाहले बताउनुभयो ।
राप्रपा प्रति नागरिकहरुको आर्कषण बढि रहेको र आफुले नेत्तृत्व गरेर शिवराजमा हुने निर्वाचनमा आफु लागि पर्ने बताउनुभयो । त्यस्तै उपमेयरकम विपसा चौधरीको नाम सिफारिस भएको छ । एकल नाम सिफारिस भएकोले उम्मेदवारी नै घोषणा गरिएको हो । नगरवासिहरुको चाहाना अनुसार विकास हुने भएकोले मतदान गरि निर्वाचित गराउन चौधरीले अपिल गर्नुभयो ।
-
बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै
-
सर्पदंशबाट जोगिन नागरिकलाई प्रहरीको सचेतना
-
बेपत्ताहरूको संख्या यकिन गर्न अझै मुस्किल छ : प्राधिकरण
-
रसुवागढी जलविद्युत् आयोजनाको सुरुङमा मान्छे फसेको भेटिएन, धुन्चे फर्कियो सेनाको टोली
-
जनप्रतिनिधिकाे रास्वपा सदस्यतामाथि प्रश्न ! ‘सक्कली-नक्कली’ विवाददेखि गोपनीयता भंगसम्म
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
भदौ १४, २०८३
१४ भदौ, काठमाडौं । तीन वर्षअघि घरेलु मैदानमा रचेको इतिहास दोहोर्याउँदै पुनः एसिया कपमा पुग्ने लक्ष्यका साथ नेपाली टोली एसीसी…



ghanashyam