कपिलवस्तुका १० वटै पालिकामा कांग्रेसको दाबी छ : जिल्ला सभापति कलाम
कपिलवस्तु-स्थानीय तहको निर्वाचनका लागि कपिलवस्तुमा पाँच दलीय गठबन्धनभित्रका दलले भोलि मात्र सिटको भागबण्डालाई टुङ्गो लगाउने भएका छन् । कपिलवस्तुका १० पालिकामा गठबन्धनबाट को को उम्मेदवार हुने ? भन्ने बारे भोलि बस्ने बैठकले टुङ्गो लगाउने भएको हो ।
अहिलेसम्म भएको छलफल सकारात्मक दिशातर्फ उन्मुख रहेको र भोलि बस्ने वैठकले अन्तिम रुप दिने नेपाली कांग्रेस कपिलवस्तुका सभापति अब्दुल कलाम खाँ ले जानकारी दिए । पाँच दल सम्मिलित संयन्त्रका प्रमुख समेत रहेका उनले कांग्रेसलाई घाटा हुने गरि गठबन्धन नगरिने बताए ।
उनले जिल्लाका १० पालिकामा नै कांग्रेसको दाबी रहेको बताए । उनले भने, ‘जिल्लाका १० वटै पालिकामा कांग्रेसको दाबी छ । सहमति गर्नुपर्ने भएकाले केही घट्न सक्छ, तर ६ वटा त हामीले पहिले नि जितेको हो, ६ भन्दा कम हुदैन् ।’
कांग्रेसले यस अघिको स्थानीय तहको निर्वाचनमा जिल्लाका ६ पालिका जितको र अहिले पनि सो भन्दा कम नहुने र नेता कार्यकर्ताहरुले १० वटै पालिकामा दाबी गरेको उनले बताए ।
नेता कार्यकर्ताहरुले कांग्रेस एक्लै चुनावमा लड्नु पर्छ भन्ने आवाज पनि उठेकाले केही स्थानीय तहमा कांग्रेस एक्लै चुनावमा जाने उनको भनाई छ ।
-
सर्पदंशबाट जोगिन नागरिकलाई प्रहरीको सचेतना
-
बेपत्ताहरूको संख्या यकिन गर्न अझै मुस्किल छ : प्राधिकरण
-
रसुवागढी जलविद्युत् आयोजनाको सुरुङमा मान्छे फसेको भेटिएन, धुन्चे फर्कियो सेनाको टोली
-
जनप्रतिनिधिकाे रास्वपा सदस्यतामाथि प्रश्न ! ‘सक्कली-नक्कली’ विवाददेखि गोपनीयता भंगसम्म
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
भदौ १४, २०८३
काठमाडौं : बागमती प्रदेशका मुख्यमन्त्री किरण थापाले बाढी प्रभावित क्षेत्रमा राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको गुनासो गरेका…



ghanashyam