सत्ता गठबन्धनले सातै प्रदेशमा चुनावी सभा गर्ने, २२ गते काठमाण्डाैमा
काठमाण्डाै – सत्तारुढ गठबन्धनले सातै प्रदेशमा चुनावी सभा गर्ने भएको छ । गठबन्धनको तयारी एवम् अनुगमन समितिको आज शुक्रवार बसेको बैठकले वैशाख १८ देखि २२ गतेसम्म सातै प्रदेशमा चुनावी सभा गर्ने निर्णय गरेको हो ।
चुनावी सभालाई नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाका शीर्ष नेताले सम्बोधन गर्नेछन् । गठबन्धनका संयोजक एवम् कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलसहित ६ जना शीर्ष नेताले सम्बोधन गर्ने गरी चुनावी सभाको तालिका पनि सार्वजनिक गरिएको छ ।
तालिकाअनुसार वैशाख १८ गते धनगढी र सुर्खेत, वैशाख १९ गते बुटवल र पोखरा, वैशाख २० गते विराटनगर र जनकपुर, वैशाख २२ गते काठमाण्डाैमा संयुक्त चुनावी सभा हुनेछ ।
यही वैशाख ३० गते हुने पालिका चुनावका लागि हिजो बुधवार सत्ता गठबन्धनले ६ महानगर र ११ उपमहानगरमा तालमेल गर्ने सहमति गरेको थियो ।

-
बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै
-
सर्पदंशबाट जोगिन नागरिकलाई प्रहरीको सचेतना
-
बेपत्ताहरूको संख्या यकिन गर्न अझै मुस्किल छ : प्राधिकरण
-
रसुवागढी जलविद्युत् आयोजनाको सुरुङमा मान्छे फसेको भेटिएन, धुन्चे फर्कियो सेनाको टोली
-
जनप्रतिनिधिकाे रास्वपा सदस्यतामाथि प्रश्न ! ‘सक्कली-नक्कली’ विवाददेखि गोपनीयता भंगसम्म
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
भदौ १४, २०८३
१४ भदौ, काठमाडौं । तीन वर्षअघि घरेलु मैदानमा रचेको इतिहास दोहोर्याउँदै पुनः एसिया कपमा पुग्ने लक्ष्यका साथ नेपाली टोली एसीसी…



ghanashyam