कपिलवस्तुको कृष्णनगरमा निर्वाचन अधिकृतको कार्यालय स्थापना
कपिलवस्तु ।
वैशाख ३० गते हुने पालिका चुनावका लागि निर्वाचन आयोगले आज कपिलवस्तु सहित देशका ७ सय ५३ वटै पालिकामा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरेको छ । सोही क्रममा कपिलवस्तु जिल्लाको कृष्णनगरमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ l
आज देखि उक्त कार्यालयको जिम्मेवारी सम्हालेका कृष्णनगर नगरपालिकाका मुख्य निर्वाचन अधिकृत सुमन पाण्डेले अब बैशाख ३० गते सम्म निर्वाचन सम्पन्न गर्नका लागि सबै जिम्मेवारी पालिका भित्र बसी पुरा गर्ने छन् । बैशाख ११ उमेद्धारहरुको उमेद्धारी दर्ता प्रक्रिया सुरु भएसँगै बैशाख ३० सम्म निर्वाचन आयोगले तोकेको तालिका अनुसार सबै कामहरुको जिम्मेवारी निर्वाचन अधिकृतको रहने जानकारी गराइएको छ ।
कृष्णनगरमा कार्यालय स्थापना संगै कार्यक्रमको आयोजना गरि कृष्णनगर नगरपालिका नगर प्रमुख रजत प्रताप शाह, कृष्णनगर नगरपालिका प्रमुख प्रशासकीय अधिकृत राम चन्द्र ढकाल, लगायत अन्य जन प्रतिनिधि, विभिन्न पार्टीका प्रतिनिधि, पत्रकार, सुरक्षाकर्मी लगायतको सहभागितामा उपस्थित हरूबाट उठेका निर्वाचन सम्बंधि जिज्ञासाको कृष्णनगरमा निर्वाचन अधिकृत सुमन पाण्डेले सहजीकरण गर्नुका साथै निर्वाचन आचारसंहिताका विषयमा अन्तक्रिया गर्दै जानकारी प्रदान गरिएको पनि पाण्डेले जानकारी दिनुभयो ।
कार्यक्रम संचालन ईश्वरी प्रसाद पौडेलले गर्नुभयोl
-
बेपत्ताहरूको संख्या यकिन गर्न अझै मुस्किल छ : प्राधिकरण
-
रसुवागढी जलविद्युत् आयोजनाको सुरुङमा मान्छे फसेको भेटिएन, धुन्चे फर्कियो सेनाको टोली
-
जनप्रतिनिधिकाे रास्वपा सदस्यतामाथि प्रश्न ! ‘सक्कली-नक्कली’ विवाददेखि गोपनीयता भंगसम्म
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
भदौ १४, २०८३
काठमाडौँ : भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७८८ पुगेको छ । नेपाल प्रहरीका अनुसार आइतबार दिउँसो ३ बजेसम्म…



ghanashyam