नेपाल फर्मा एक्स्पो चितवनमा शुरू हुँदै, राष्ट्रपति भण्डारीले उद्घाटन गर्ने
काठमाडौं : नेपाल फर्मा एक्स्पो २०२२ आजदेखि चितवनको भरतपुरमा शुरु हुने भएको छ। चितवन प्रदर्शनी केन्द्रमा हुने एक्स्पोको राष्ट्रपति विद्यादेवी भण्डारीले दिउँसो १ बजे उद्घाटन गर्ने आयोजक संस्था नेपाल औषधि उत्पादक संघले जनाएको छ। एक्स्पो ११ गतेसम्म चल्नेछ।
एक्स्पोले नेपालमा औषधि उत्पादनको क्षेत्रले अँगाल्दै आएको ज्ञान तथा नवीनतम प्रविधिको विस्तार गर्ने संघका महासचिव विप्लव अधिकारीले जानकारी दिए। एक्स्पोमा १६० वटा स्टल रहने छन्।
औषधि क्षेत्रमा नयाँ प्रविधिको खोजी गरिरहेका विभिन्न १२३ बहुराष्ट्रिय कम्पनी र ३७ स्वदेशी औषधि उद्योगहरूका स्टल एक्स्पोमा रहनेछन्। एक्स्पोका अवसरमा विभिन्न प्राविधिक गोष्ठी हुनेछन्। आज बिहान प्रदर्शनी स्थलबाट शोभा यात्राको समेत आयोजना गरिएको छ।
-
बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै
-
सर्पदंशबाट जोगिन नागरिकलाई प्रहरीको सचेतना
-
बेपत्ताहरूको संख्या यकिन गर्न अझै मुस्किल छ : प्राधिकरण
-
रसुवागढी जलविद्युत् आयोजनाको सुरुङमा मान्छे फसेको भेटिएन, धुन्चे फर्कियो सेनाको टोली
-
जनप्रतिनिधिकाे रास्वपा सदस्यतामाथि प्रश्न ! ‘सक्कली-नक्कली’ विवाददेखि गोपनीयता भंगसम्म
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
भदौ १४, २०८३
१४ भदौ, काठमाडौं । तीन वर्षअघि घरेलु मैदानमा रचेको इतिहास दोहोर्याउँदै पुनः एसिया कपमा पुग्ने लक्ष्यका साथ नेपाली टोली एसीसी…



ghanashyam