नगरबासीको आग्रहमा जावेद खां मेयर पदको प्रत्यासी

कपिलवस्तु ।
निर्वाचन आयोगले वैशाख ३० गते स्थानय चुनाव नजिकीपछि चुनावमा भाग लिने उम्मेदवारहरु राजनितीक सामाजिक गतिविधीहरुमा तीव्रताका साथ ग्रामीण क्षेत्रमा घर दैलों गरि जनता फकाउने काममा लागेका छन।

नेकपा माओवादी केन्द्रबाट स्थानीय चुनावमा नेकपा माओवादी केन्द्रका नगर अध्यक्ष तथा पछिल्लो प्रदेश‌ सभाको चुनावमा कपिलवस्तु क्षेत्र ३ ख बाट उम्मेदवारी दिई लगभग २७५ भोटबाट उपबिजेता रहेका जावेद आलम खां यसपालि स्थानीय चुनावमा कृष्णनगर नगरपालिका बाट जनताको मांग अनुसार नगर प्रमुखको प्रत्याशीको दावेदारी गरेपछि कृष्णानगर नगरपालिकाको मेयर पदको राजनितीमा हल्लाखल्ला भयेको छ।

कृष्णानगर नगरपालिका नगर प्रमुख प्रत्याशी जावेद आलम खां वर्षौ देखि जनताको बिचमा रही जनताको हक हितको लागि लडदै तथा जनताको सुख दुखमा सहभागी भई जनता बीच लोकप्रिय बनेको स्थानिए जनताहरु बताउदै छन्।

जावेद आलम खांले नेकपा माओवादी केन्द्रलाई कृष्णानगर क्षेत्रमा अन्य राजनितिक दलहरु भन्दा बलियो बनाएका छन्।
कृष्णानगर क्षेत्रका तानाशाह प्रवृतिका राजनितीक व्यक्तिहरुको विपक्षमा उभी सदैव तानाशाह प्रवृत्तिको विरोध गर्दै आएका जावेद आलम खांले जनताले गरेको आग्रहको सम्मान गर्दै यो पालिको स्थानिए चुनावमा नगरप्रमुख पद प्रत्याशी बनेको प्रहलाद यादव बताएका छन्।

निष्पक्ष तथा सफल राजनिती गर्दै आएका जावेद आलम खांले भनेकि यदि यसपालिको चुनावमा जनताले मेरो साथ दियो भने म कृष्णनगरको मुहार फेरेर देखाउछु तथा कृष्णनगरका तानाशाह प्रवृतिका राजनितीको अन्त गरी सबैको साथ कृष्णनगरको विकास गरेर देखाउने प्रतिबद्धतासमेत जनाउनुभयो।

आफु कुनै पदमा नभए पनि कृष्णानगर क्षेत्रको विकासको लागि प्रदेश तथा केन्द्रबाट करोडौ वजेटको मांग गरि कृष्णनगरको विकास गरेको बताउनुभयो ।

TOP